एनसीसी उपाध्यक्ष पदमा बासुदेव अधिकारीको नोमिनेसन दर्ता

NRNA NEWS
2021 Apr 20

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनमा एनसीसी उपाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका बासुदेव अधिकारी यस निर्वाचनमा देखिएका अर्का युवा प्रत्यासी हुन् । १६ बर्ष देखी अमेरिकामा रहेर यहाँका नेपाली समुदायसंग निकट अधिकारीले यस निर्वाचनमा आफ्ना मुख्य ५ प्रतिवद्धता सहित चुनावी यात्रालाई अघि बढाईरहेका छन् ।

प्रत्यासी अधिकारीले सार्वजनिक गरेका मुख्य ५ प्रतिवद्धताहरुमा परिणाममुखी कार्यक्रम ल्याउने, समाजप्रतिको उत्तरदाहित्व बहन गर्ने, आर्थिक पारदर्शिता र संस्थागत दिगोपन, स्थानिय संघ संस्थाहरुसंगको सहकार्य र बिभिन्न च्याप्टर र कमिटीको सशक्तीकरण रहेका छन् ।

बर्तमान कार्य समितीका बोर्ड अफ डाईरेक्टर अधिकारी अमेरिका आएको छोटो समयमा नै आफुलाई सफल ब्यवसायिका रुपमा उभ्याउन सफल युवा हुन् । शंकरदेव क्याम्पसबाट स्नातकोत्तर उनि बैंकिगं पृष्ठभूमिबाट आएका ब्यवसायि हुन् । अमेरिका आएका सुरुवाती दिनमा ग्यांस स्टेसनमा काम गरेका उनि ब्यवसायिक र सामाजिक दुवै क्षेत्रमा सकारात्मक र सफल छवि स्थापित ब्यक्ती हुन् ।

नेपालको सुदुरपश्चिमा जन्मिएका उनि अमेरिकामा रहेका सुदुर तथा मध्य पश्मिका नेपालीहरुमाझ अझ बढि लोकप्रिय छन् । नेपाली भाषा, संस्कृति, शिक्षा लगायतका क्षेत्रमा ब्यक्तीगत रुपमै पनि सहयोग गर्न तत्पर अधिकारी स्पस्टवक्ता, नेतृत्वदायि ब्यक्तीत्व र सामाजिक छवि तथा आफ्ना प्रतिवद्धताप्रति सचेत उनि अमेरिकाबासी नेपालीमाझ क्रियाशिल सामाजिक अभियन्ताका रुपमा चिनिन्छन् ।

error: Content is protected !!