एनसीसी अमेरिका अध्यक्ष पदका प्रत्यासी लामिछाने शनिवार भर्जिनियामा

NRNA NEWS
2021 Apr 16

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा एनसीसी अध्यक्ष पदका उमेद्वार कृष्ण लामिछानेले भर्जिनियाका रहेका आफ्ना मतदातालाई भेट्ने भएका छन् । प्रत्यासी लामिछाने चुनावी अभियान अन्तरगत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सहित शनिवार भर्जिनिया जाने भएका हुन् ।

अप्रिल १७ शनिवारका साँझ ५ बजेबाट सुरु हुनेछ । सहजिकरण एनआरएनए भर्जिनिया च्याप्टरको सहजिकरणमा हुन लागेको यस कार्यक्रम अप्रिल १७ शनिवारका साँझ साँझ ५ बजेबाट सुरु हुनेछ । Tandoori Nights 10312 Willard Way, Fairfax, VA 22030 मा आयोजना हुने यस अन्तरक्रिया साँझ ५ बजे सम्म चल्ने छ । ४ घण्टा लामो कार्यक्रममा प्रत्यासी लामिछानेले आफ्नो ब्यक्तीगत परिचय, नेपाल र अमेरिकाको संघर्ष र सामाजिक पृष्ठभूमि एवं एनआरएनए अमेरिकासंग आवद्धताका अनुभव तथा आशन्न निर्वाचनमा अध्यक्ष पदको दावेदारीका उदेश्य र प्रतिवद्धता संगै एनआरएनए संवद्ध केही ब्यक्तीको मन्तब्य तथा मतदाता र संचारकर्मीबाट आएका प्रश्नमाथी लामिछानेको जवाफ, शुभकामना आदान प्रदान लगायतका कार्यक्रम रहने बताईएको छ ।

एनसीसी नेतृत्व प्रत्यासी कृष्ण लामिछानेले यस अघि युटा, नर्थ क्यारोलाईनामा पनि यहि प्रकारको कार्यक्रम गरेका थिए भने चुनावी अभियान अन्तरगत उनि अमेरिकाका बिभिन्न राज्य प्रतक्ष्य सहभागितामा सो क्षेत्रका मतदातासंग भेट्ने कार्यक्रम रहेको बताईएको छ ।

टेक्सासको नेपाली मन्दिरबाट आफ्नो औपचारिक उमेद्वारी घोषणा गरेर आफ्नो चुनावी अभियान सुरु गरेका लामिछानेले यस बिषयमा जारी गरेको वक्तव्यमा उल्लेख भए अनुसार कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कृष्ण जीबी पन्थ, महासचिव पदका उम्मेदवार बिनोद भट्ट लगायत सम्पुर्ण २०२१–२०२३ कार्यकालका लागि गैर–आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद एवं अन्तराष्ट्रिय समन्वय परिषदमा विभिन्न पदमा उमेदवारी घोषणा गरेका उमेद्वार तथा पदाधिकारी र सामाजिक संघ संस्थाका प्रतिनिधी तथा संचारकर्मी लगायतको उपस्थिती रहने छ ।

विगत २० बर्षदेखी अमेरिकाको टेक्सस राज्य स्थित डालसलाई कर्मक्षेत्र बनाएका लामिछाने पेसागत रुपमा ब्यावसायी हुन् । तर उनि आफ्नो परिवार र निजी ब्याबसायबाट समय निकालेर बिभिन्न संघ संस्था मार्फत एवं ब्यक्तिगत रूपमा समेत प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सामाजिक कार्यमा सक्रिय देखिन्छन् । नेपालीहरू बिचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउन तथा विदेशी माटोमा नेपाली भाषा संस्कृतिको जगेर्ना गर्ने अभियानमा सक्रिय छवि बनाएका उनि एनआरएनए अमेरिकालाई पारदर्शि, स्वच्छ र अमेरिका भरि रहेका सबै नेपालीहरूको अपनत्व रहने संस्थाको रूपमा बिकशित गर्ने लक्ष सहित नयाँ कार्यसमिती निर्वाचनमा अध्यक्ष पदका लागि उमेद्वारका रुपमा चुनावी मैदानमा देखिएका छन् ।

error: Content is protected !!