गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनमा एननसीसी अध्यक्षका प्रत्यासी बुद्धी सागर सुवेदीले आफ्नो चुनावी अभियान अन्तरगत सुरु गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम तिव्र रुपमा अघि बढिरहेको छ । विस्किन्सिन राज्यमा रहेका सुवेदीले आफ्नो छैटौं चुनाव लक्षित अन्तरक्रिया तथा भेटघाट केन्टकी राज्यमा गर्ने भएका हुन् ।
न्यूयोर्कबाट आफ्नो चुनावी अभियान सुरु गरेका सुवेदीले मिसीगन, लस भेगस, कोलोराडो लगायतका क्षेत्रमा भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरेपछि नयाँ मतदाता भेट्न केन्टकी जाने भएका हुन् ।
अप्रिल १८ आईतबारका दिनकेन्टकी राज्यको लेक्सिङटन शहर स्थित ताजा ईन्डियन रेस्टुरेष्ट हुने यस कार्यक्रम स्थानिय समय अनुसार दिउँसो १ बजे सुरु हुने छ । ४ घण्टा लामो यस अन्तरक्रिया कार्यक्रम साँझ ५ बजे सम्म चल्ने छ ।
एनआरएनए एनसीसी तथा च्याप्टर पदाधिकारी तथा आसन्न निर्वाचनका उमेद्वार, स्थानिय संघ संस्थाका प्रतिनिधी तथा मतदाताको उपस्थिती रहने बताईएको यस कार्यक्रममा प्रत्यासी सुवेदीले आफ्नो ब्यक्तीगत जीवन, नेपाल र अमेरिकाको संघर्ष र सामाजिक पृष्ठभूमि र एनआरएनए अमेरिकासंग आवद्धताका अनुभव तथा आशन्न निर्वाचनमा अध्यक्ष पदको दावेदारीका उदेश्य र प्रतिवद्धता, एनआरएनए संवद्ध केही ब्यक्तीको मन्तब्य तथा मतदाता र संचारकर्मीबाट आएका प्रश्नमाथी सुवेदीको जवाफ, शुभकामना आदान प्रदान लगायतका कार्यक्रम रहने यस अन्तक्रिया पछि पनि सुवेदीको चुनावी भेटघाट कार्यक्रम यस पछि अन्य राज्यमा हुने बताईएको छ ।
करिव २ दशक अघि अमेरिका आएका सुवेदी सफल ब्यवसायि र सामाजिक क्रियाशिलता र बौद्धिक छविका कारण नेपाली समुदायबिच राम्रो परिचय स्थापित गरेका ब्यक्ती हुन् । आमा मनमाया सुवेदी र पिता होमनाथ सुवेदी स्यांजामा जन्मिएर चितवन माडीमा हुर्किएका हुन् रमाईलो डाँडाबाट प्राथमिक शिक्षा सुरु गरेका सुवेदीले माडी मावीबाट एसएलसी गरेका हुन् भने आईएसी फरेस्टीबाट गरेका हुन् । पिपल्स क्याक्पसबाट बि कम गरेका सुवेदीले , एमविए र एमएड त्रिभुवन विश्व बिद्यालय कृतिपुरबाट गरेका हुन् भने एलएलवि अध्ययन गर्दै गर्दा सन् २००३ मा उनि अमेरिका आए । स्कुले जिवनदेखी नै राजनितीक यात्रा सुरु गरेका सुवेदी २०५४ सालको स्थानिय निर्वाचनमा नेपाली कांग्रेजको तर्फबाट माडीमा अध्यक्षको उमेद्वारी र निर्वाचित भएपछि उनको राजनितीक र सामाजिक छवि अझ धेरै फराकिलो भएको थियो । जितपुर क्याक्पस, मिनभवन क्याम्पस देखी कालिकोटमा रहेको स्कुलमा समेत अध्यापन गराएका अनुभव संगालेका सुवेदी अमेरिकामा रहेका नेपाली नयाँ पुस्ताको क्षमता अभिबृद्धीका लागि संधै क्रियाशिल ब्यक्तीमा रुपमा चिनिन्छन् ।