गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिको अध्यक्ष पदका उमेद्वार तिलक केसी आईतवार न्यूयोर्क जाने भएका छन् । एनसीसी अमेरिकाको नेतृत्व पदका लागि उमेद्वारी दर्ता गराएका केसी आफ्नो चुनावी अभियान अन्तरगत मे ९ तारिख आईतबार न्यूयोर्क जाने भएका हुने ।
न्यूयोर्कको ओम शान्ति मन्दिरमा हुने यस अन्तरक्रिया तथा भेटघाट कार्यक्रम आईतबार दिउँसो ३ बजेबाट साँझ ७ बजे सम्म ४ घण्टा लामो समय चल्ने छ । कार्यक्रममा उमेद्वार केसीले आफ्नो उमेद्वारीको कारण र प्रतिवद्धता सहित मतदाता, एनआरएनए तथा बिभिन्न स्थानिय सामाजिक संघ संस्था साथै नेपाली समुदायका प्रतिनिधि र एनसीसी तथा च्याप्टरका उमेद्वारहरुको सुझाव संकलन कार्यक्रम रहेको छ ।
बर्तमान एनसीसी बोर्ड अफ डाईरेक्टर केसी जितको बलियो संभावना भएका उमेद्वार हुन् । बोर्ड अफ डाईरेक्टर पदबाट सिधै एनसीसी नेतृत्वको दावेदारीमा देखिएका उमेद्वार हुन् जसलाई यस निर्वाचनमा बिजयी गराउन २५१ सदस्यीय सहयोग समिती निर्माण भएको छ ।
सिन्डिकेट तोडौं, नेपाली जोडौं भन्ने मुल नाराका साथ चुनावी मैदानमा देखिएका केसीले यस अघि कनेक्टीकट, न्यूह्याम्सायर, बोस्टन लगायत क्षेत्रमा रहेका मतदातासंघ भेट गरेका थिए ।
सन् २००२ मा अध्ययनका लागि अमेरिका आएका केसी आफ्नो पदिय कार्याधिकार र ब्यक्तीगतरुपमा पनि धेरै सामाजिक गतिविधीमा संलग्न देखिने ब्यक्ती हुन् । प्युठानमा जन्मिएका केसीले जनता मा विबाट एसएलसी, पृथ्वी नारायण क्याम्पस पोखराबाट आईएस्सी, अमृत साईन्स क्याम्पसबाट बियस्सी हुँदै बिज्ञान संकायकै तथ्याङक शास्त्रमा त्रिभुवन विश्वबिद्यलय किर्तिपुरबाट एमएस्सी गरेका हुन् । झण्डै २ दशक पहिले Concordia University मा अध्ययनका लागि अमेरिका आएका उनि नेपाल रहँदा बिद्यार्थी जीवनमा नै सफल राजनितिक र सामाजिक छवि बनाएका ब्यक्ती हुन् ।
एमएसीका बिद्यार्थी रहँदा स्ववियु निर्वाचनमा सचिव पदमा निर्वाचित उनि सो समय मानव अधिकार र जन अधिकारका लागि आवाज उठाउँदा धेरै पटक प्रहरीद्वारा पक्राउ समेत परेका थिए ।
अमेरिका आएको ४ बर्ष मै उनले आफ्नो ब्यवसाय सुरु गरेका केसी विस्कान्सिन राज्यको मेलवाकी क्षेत्रको नेपाली समुदायमा आफ्नो निजी ब्यवसाय सञ्चालन गर्ने पहिलो ब्यक्ती हुन् ।