गैर आवासिय नेपाली संघ एनआरएनएको आसन्न निर्वाचन (२०२१-०२३) का लागि आईसीसी सदस्यमा ओम भट्टराईले उमेद्वारी घोषणा गरेका छन् । लामो समयदेखी अमेरिकामा रहेर कुशल र सकारात्मक सामाजिक छवि बनाएका भट्टराईले नयाँ कार्य समिती निर्वाचनमा बलियो एजेण्डा सहित आईसीसी सदस्य पदमा आफ्नो उमेद्वारी सार्वजनिक गरेका हुन् ।
बर्तमान कार्यसमितीमा प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरेका भट्टराई मिडिया एण्ड पब्लिकेशन टिमका संयोजक समेत हुन् । टेक्सास क्षेत्रमा रहेर अमेरिकाका नेपालीको समस्यामा संधै क्रियाशिल रहने उनले आफ्नो उमेद्वारीबारे भनेका छन् ‘आईसीसी र एनसीसी बिच भैरहने र भैरहेको अन्तरद्वन्द मेटाऊन र एनसीसी माथी भैरहेको भाईगिरी दवाव र बनाऊन खोजीरहेको हलीप्रथालाई निस्तेज पार्न एक समन्वयकारी भुमिका खेल्नका लागि मैले उमेद्वारी दिने निर्णय गरेको हुँ ।’
सन् २०१४ देखी एनआरएनए अमेरिकाको सामाजिक अभियानसंग आवद्ध भट्टराई २ पटक आईसीसी डेलीगेट्स हुदै १ कार्यकाल एनसीसी प्रवक्ता भएर काम गरेका अनुभवी उमेद्वार हुन् । यस पटकको निर्वाचनमा अमेरिका बाट प्रतिनिधित्व हुने आईसीसी सदस्यमा प्रतिस्पर्दा गर्दै गरेका उनले आफु निर्वाचित भएको खण्डमा आईसीसी र एनसीसी बिच भैरहने र भैरहेको अन्तरद्वन्द, बिखण्डीत बिचार र यसबाट मतदाता तथा नेपाली तथा भावि पुष्ताहरुमा पर्न सक्ने नकारात्मक असर लगायतका समस्या मुक्त एनआरएनएनए निर्माण र गैर(आवासीय नेपालीहरुका हक हितमा नीतिगत लेवलमा, बैधानिकताका बारेमा आईसीसी केन्द्रिय समितिलाई नेपाल सरकार संग जोड़दार माग गर्न गराऊन समेत पहल गर्ने प्रतिवद्धछा ब्यक्त गरेका छन् ।