गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनमा एननसीसी अध्यक्षका प्रत्यासी डा. अर्जुन बन्जाडेले आफ्नो चुनावी अभियान अन्तरगत सुरु गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम तिव्र रुपमा अघि बढिरहेको छ । टेक्सास राज्यमा रहेका बन्जाडे आफ्नो चुनाव लक्षित अन्तरक्रिया तथा भेटघाटका लागि विस्किन्सिन, सिकागो र मध्य पश्चिम क्षेत्रमा जाने भएका हुने ।
अप्रिल १७ शनिवारका दिन 115 N.Eau Claire Ave Madison, WI मा आयोजना हुने यस कार्यक्रम शनिवार बिहान १० बजेबाट सुरु हुनेछ । दिउँसो ३ बजे सम्म चल्ने यस ५ घण्टा लामो अन्तरक्रियामा प्रत्यासी बन्जाडेले आफ्नो ब्यक्तीगत परिचय, नेपाल र अमेरिकाको संघर्ष र सामाजिक पृष्ठभूमि एवं एनआरएनए अमेरिकासंग आवद्धताका अनुभव तथा आशन्न निर्वाचनमा अध्यक्ष पदको दावेदारीका उदेश्य र प्रतिवद्धता, एनआरएनए संवद्ध केही ब्यक्तीको मन्तब्य तथा मतदाता र संचारकर्मीबाट आएका प्रश्नमाथीको जवाफ, शुभकामना आदान प्रदान लगायतका कार्यक्रम रहने बताईएको छ ।
टेक्सासको नेपाली मन्दिरबाट आफ्नो औपचारिक उमेद्वारी घोषणा गरेर आफ्नो चुनावी अभियान सुरु गरेका डा बन्जाडे केही दिन अघि मात्र क्यालिफोर्निया सोही प्रकारको कार्यक्रम सम्पन्न गरि फर्किएका लगत्तै विस्किन्सिन, सिकागो र मध्य पश्चिम क्षेत्रमा जाने घाृेषणा गरेका उनि चुनावी अभियान अन्तरगत अन्य राज्यमा पनि सोही प्रकारको कार्यक्रम सहित जाने बताइएको छ ।
एनआरएनए एनसीसी तथा च्याप्टर पदाधिकारी तथा आसन्न निर्वाचनका उमेद्वार, स्थानिय संघ संस्थाका प्रतिनिधी तथा मतदाताको उपस्थिती रहने छ ।
संक्षिप्त परिचय -डा. अर्जुन बन्जाडे
नेपालको अर्घखाँची जिल्लामा जन्मेका डा. अर्जुन बन्जाडे यो भन्दा अघिल्लो कार्यसमितीमा सर्वाधिक मत ल्याएर बिजयी भएका बोर्ड अफ डिरेक्टर हुन् भने वर्तमान कार्यसमितीमा अध्यक्ष पदका अन्तिम ४ प्रत्यासी मध्यका एक हुन् । पछि उनले वर्तमान अध्यक्ष सुनिल शाहलाई समर्थन गर्दै वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेका थिए । यसर्थ उनलाई संस्थागत र नेपाली समुदाय दुवैको समर्थन यस पटक रहने देखिन्छ ।
टेक्सस राज्यमा आफ्नो कामको बिषयमा राज्य स्तरका दुई समितीमा समेत काम गरेको अनुभव संगालेका उनि जनसंख्या बिषयमा स्नातकोत्तर गरेपछि लागि सन् १९९८ मा Ohio Universityमा डिग्री अध्ययनका लागि अमेरिका आएका हुन् ।
नेपाल रहँदा नै Johns Hopkins University संग आवद्ध रहेर काम गरेका बन्डाडे अध्यनका लागि अमेरिका आएपछि Johns Hopkins University अन्तरगत नै अमेरिकामा समेत कार्यरत थिए । डिग्री अध्ययन पुरा गरेपछि सोहि बिश्व बिद्यालयबाट आम सञ्चार बिषयमा पिएचडी गरेका उनि पिएचडीपछि डा. अर्जुन बन्जाडेका रुपमा Tarrant County College मा Director of State Reporting को रुपमा नियुक्त भएका थिए।