गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका एनसीसी अध्यक्ष पद प्रत्यासी कृष्ण लामिछानेले अमेरिकाको साल्ट लेक सीटी यूटामा अन्तक्रिया तथा भेटघाट कार्यक्रम गर्ने भएका छन् । आशन्न निर्वाचनका नेतृत्व प्रत्यासी लामिछानेले अप्रिल ११ आईतबार साँझ सो क्षेत्र साथै अन्य क्षेत्रका एनआरएनए पदाधिकारी, अभियन्ता र उमेद्वार साथै स्थानिय संघसंथाका प्रतिनिधी, मतदाता र संचारकर्मीसंग भेटघाट तथा अन्तरक्रिया गर्ने भएका हुन् ।
अप्रिल ११ आईतबार साँझ ६ बजेबाट सुरु हुने यस कार्यक्रममा , बरिष्ठ उपसभापति उमेदवार कृष्णजीबी पन्त, महासचिव उमेदवार विनोद भट्ट उपसभापति बिकास उप्रेती लगाएत विशिष्ट पाहुनाहरूको उपस्थिती रहने बताईएको छ । Himalayan kitchen Event Center 360 South State Street, Salt Lake City Utah 84111 मा हुने यस अन्तरक्रियामा उपस्थिीतीका लागि प्रतयासी लामिछानेले अनुरोध पनि गरेका छन् ।
टेक्सासको नेपाली मन्दिरबाट औपचारिक उमेद्वारी घोषणा गरेर चुनावी अभियानमा लागेका कृष्ण लामिछाने टेक्सास क्षेत्रका हुन् । यो पटक टेक्सासबाट एनसीसी अध्यक्षमा अहिलेसम्म लामिछाने सहित २ जनाको उमेद्वारी सार्वजनिक भएको छ । हालसम्म डा. अर्जुन बन्जाडे र लामिछाने यस क्षेत्रका नेतृत्व प्रत्यासीका रुपमा रहेका छन् ।