एनसीसी अध्यक्ष पदका उमेद्वार लामिछाने शुक्रबार आफ्ना मतदाता भेट्न सिकागो जाँदै

NRNA NEWS
2021 May 06

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका नेतृत्व पदका उमेद्वार कृष्ण लामिछाने शुक्रबार सिकागो जाने भएका छन् । टेक्सासको नेपाली मन्दिरबाट आफ्नो औपचारिक उमेद्वारी घोषणा गरेर बिभिन्न राज्यमा चुनाव लक्षित भेटघाट गर्दै आएका उनले शुक्रबार शिकागोमा रहेका आफ्ना समर्थक तथा मतदातासंग अन्तरक्रिया तथा छलफल गर्ने भएका हुन् ।

मे ७ शुक्रबारको साँझ आयोजना हुन लागेको यस कार्यक्रम शिकागो स्थित नेपाली फ्रेण्डसिप सोसाईटीको कार्यलय भवनमा चुनाव केन्द्रित कार्यक्रम गर्ने भएका हुन् । साँझ ५ बजेबाट सुरु हुने प्रत्यक्ष सहभागिमूलक यस कार्यक्रम ३ घण्टा लामो अर्थात साँझ ८ बजे सम्म चल्ने छ ।

Waco TX मा सम्पन्न भेलामा उपस्थित सम्पूर्णमा लामिछान्ने तथा समुहको तर्फ बाट धन्यबाद

उमेद्वार लामिछानेले Waco Texas मा भर्खरै संम्पन भेटघाट तथा चुनाबी अभियान कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबलाइ सामाजिक संजाल मार्फत धन्यबाद व्यक्त गरेका छन्। उनले लेखेका छन् – ‘हामी नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाको आसन्न २०२१ र २३ को लागी हुन गईरहेको निर्वाचनलाई अभियानको रुपमा अगाडी बढाउन Waco TX मा सम्पन्न भेलामा तपाईहरुले देखाउनु भएको हार्दिक आत्मियता र सद्भावले हामीलाई थप उर्जा र हौसला मिलेको छ। छिटो समयको सुचना र ब्यस्तताको बिच तपाईहरुसंगको सामिप्यताले हाम्रो यात्राको मार्गलाई फराकिलो बनाएको छ। धेरै साथीहरु, आमाबुवा, दिदीबहिनी र दाजुभाईलाई भेट्ने चाहानालाई पुरागर्न म फेरी छिट्टै तपाईहरुको शहरमा आउने नै छु। यो भेटघाट र छलफलको क्रममा भेट्न नभ्याएकोमा म पुर्णत क्षमा याचना गर्दै यहॉंहरु सबैका प्रति आभार तथा हार्दिक धन्यवाद ब्यक्त गर्दछु।’

टेक्सासको नेपाली मन्दिरबाट औपचारिक उमेद्वारी घोषणा गरेर चुनावी अभियानमा निस्किएका लामिछानेले अमेरिकाका बिभिन्न राष्टमा मतदातासंग अन्तरक्रिया तथा भेटघाट गर्दै आएका छन् । विगत २० बर्षदेखी अमेरिकाको टेक्सस राज्य स्थित डालसलाई कर्मक्षेत्र बनाएका लामिछाने पेसागत रुपमा ब्यावसायी हुन् । उनि आफ्नो परिवार र निजी ब्याबसायबाट समय निकालेर बिभिन्न संघ संस्था मार्फत एवं ब्यक्तिगत रूपमा समेत प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सामाजिक कार्यमा सक्रिय देखिन्छन् ।

error: Content is protected !!