गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाको अशन्न निर्वाचन २०२१-०२३ का नेतृत्व पदका उमेद्वार कृष्ण लामिछानेले यो साता अमेरिकाका ३ राज्यमा चुनावी भेटघाट तथा अन्तरक्रिया गर्ने भएका छन् । एनसीसी अमेरिकाको अध्यक्ष पदका दावेदार लामिछानेले शुक्रबार, शनिवार र आईतबार ओहिओ, मिचिगन र विस्कन्सिन राज्यमा रहेका आफ्ना मतदाता र समर्थकसंग चुनाव लक्षित भेटघाट तथा अन्तरक्रिया गर्ने भएका हुन् ।
टेक्सासको नेपाली मन्दिरबाट औपचारिक उमेद्वारी घोषणा गरेर चुनावी अभियानमा निस्किएका लामिछानेले शुक्रबार अर्थात मे १४ शुक्रबारका दिन वहिव, मे १५ शनिवारका दिन मिचिगन र मे १६ आईतबारका दिन विस्कन्सिन राज्यका आफ्ना मतदाता तथा समर्थकलाई भेट्ने भएको हुन् ।
यस विषयमा लमिछानेले जारी गरेको संक्षिप्त वक्तव्यमा उल्लेख भए अनुसार मे १४ शुक्रवार साँझ ५ बजेबाट ८ बजे सम्म ओहिओमा, मे मे १५ शनिवार साँझ ७ बजेबाट १० बजेसम्म मिसिगनमा र मे १६ आईतबार साँझ साँझ ५ बजेबाट १० बजे सम्म विस्कन्सिनमा छुट्टा छुट्टै कार्यक्रम हुनेछन् । जसमध्य ओहायोमा Himali Heritage Cuisine, मिचिगन Edamame sushi, , र विस्कन्सिन Bollywood Grill मा छुट्टा छुट्टै चुनाव केन्द्रित कार्यक्रमहरु हुनेछन् ।