एनएसटी स्कूलद्वारा दाङ्गमा रहेको ‘चिल्ड्रेन पिस होम’ लाइ पचासहजार सहयोग

NRNA NEWS
2021 Aug 23

टेक्सस(अमेरिका)-  नेपाली समाज टेक्सस (एनएसटी) स्कूलले गत अगष्ट २ देखि १३ सम्म नेपालीमुलका बालबालिकाहरुलाई हाम्रो संस्कृति बुझाउने उद्देश्यले सञ्चालन गरेको “साँस्कृतिक तथा आध्यात्मिक क्याम्प” अाइतबार समापन भएको छ ।

नेपालबाट डा. चिन्तामणि योगीले बालबालिकालाइ प्रशिक्षण दिनुभएको थियो ।

उक्त क्याम्पमा सङ्कलित केही रकम स्कूलका तर्फबाट नेपालमा पश्चिमी शहर दाङ्गमा रहेको ‘चिल्ड्रेन पिस होम’ अनाथाश्रममा गुरुजी डा. चिन्तामणि योगी मार्फत नेपाली ५० हजार रूपैयाँ आर्थिक सहयोग गरिएको जानकारी प्रिन्सिपल ई. विजयराज भट्टराईले दिनुभयो।

डा. चिन्तामणि योगी गुरुद्वारा गराइएको उक्त साँस्कृतिक तथा आध्यात्मिक क्याम्पको कोअर्डिनेटरमा नेपाली समाज टेक्सासका महासचिव भानु खरेल तथा स्कूल कोर्डिनेटर भोजबहादुर बलायरले गर्नुभएको थियो भने उक्त क्याम्पमा नेपालबाट सम्राट योगी र कृति योगीले नेपाल र नेपाली चिनाउने बिभिन्न सेसनहरुको संचालन गर्नुभएको थियो।
‘चिल्ड्रेन पिस होम’ अनाथाश्रममा नेपालमा माओवादी द्वन्दकालमा आफ्ना अभिभावक गुमाएका ३५ जना बालबालिकाहरुलाई बस्ने, खाने, बिद्यालयको ब्यबस्थापन गर्ने, ब्याबशायिक शिक्षा दिने कार्य गरिन्छ। यो अनाथाश्रम दाङ्गको घोराही ११ मा रहेको छ।  राजनैतिक द्वन्द पीडितका आलावा पनि आफ्ना बालबालिकाहरुलाई खान पिन र शिक्षा दीक्षाको व्यवस्था गर्न नसक्ने गरिब परिवारका बालबालिकाहरुलाई समेत यस संस्थाले सहयोग पुर्याउदै आएको छ।
एनएसटी का महासचिव भानु खरेलले टेक्सासका नेपालीहरुका बालबालिकाहरुलाई ज्ञानका कुरा बिगत ११ बर्षदेखि बाड्दै आउनु भएका धार्मिक तथा आध्यात्मिक गुरु डा चिन्तामणि योगीले यस आश्रममा रहेका बालबालिकाहरुको संरक्षण गर्दै र उनीहरुको वृति बिकाशमा सहयोग गर्दै आइरहनुभएको जानकारी समेत गराउदै टेक्सासबासी सवैलाई यस्तो पुनित कार्यमा सहयोग गर्न अनुरोध समेत गर्नुभएको छ।
समाचार श्रोत : हिमालय खबर

error: Content is protected !!