एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहा मगरको उम्मेदवारी

NRNA NEWS
2021 Jul 17

लण्डन । गैर–आवासीय नेपाली संघ यूकेको अध्यक्ष पदमा प्रेम गाहा मगरले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार साँझ आयोजित एक भव्य समारोहमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

अल्डरशटस्थित एम्पायर हलमा सीमित व्यक्तिहरुको उपस्थितिसहित जुममार्फत आयोजित घोषणामा बेलायतवासी नेपाली समुदायको व्यापक सहभागिता रहेको थियो ।

गैर–आवासीय नेपाली संघका अभियन्ताहरु, बेलायतस्थित नेपाली समाज सम्बद्ध संघ संस्थाहरुका अध्यक्ष तथा पदाधिकारीहरु, जातीय तथा क्षेत्रीय संस्थाका प्रमुखहरु, भूतपूर्व ब्रिटिश गोर्खा सम्बद्ध संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु, गैर–आवासीय नेपाली संघ, आइसीसीका सदस्यहरु तथा यूरोप क्षेत्रीय समितिका पदाधिकारीहरुसहित यूकेका पञ्जीकृत सदस्यहरु तथा शुभेच्छुकहरुको सहभागितामा आयोजित समारोहमा गाहा मगरले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनए (एनसीसी) यूकेको आगामी कार्यकाल २०२१–२०२३ का लागि नेतृत्व चयनका लागि यही ३१ जुलाईमा निर्वाचन हुँदै छ ।

साढे दुई दशक लामो यूके बसाई र त्यसक्रममा एनआरएनए अभियानमा सहभागी भई हालसम्म गरेका कामहरुको आधारमा एनसीसीलाई नयाँ दिशा प्रदान गर्ने र सबैले विश्वास गर्ने संस्था बनाउने प्रतिबद्धतासहित गाहा मगरले उम्मेदवारी घोषणा गरेका हुन् ।

error: Content is protected !!