नेपाली कांग्रेस युवा नेता हेमराज भट्टले एनआरएनए अमेरिकाको नेतृत्व प्रतिस्पर्धामा रहेका कृष्ण लामिछानेको बिकल्प नभएको बताएका छन् । टेक्सासको नेपाली मन्दिरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता भट्टले बेथिती र ब्यक्तीगत स्वार्थमा चलेको एनआरएनए सुधारका लागि लामिछाने बाहेक अर्को विकल्प नभएको बताएका हुन् ।
भट्टले हरेक युग र परिस्थिती सुधारका लागि महान् पुरुषको जन्म भएको उदाहरण दिंदै लामिछानेको उमेद्वारी राजनितीक गन्ध र कथाकथित बिराषत चिर्न कै निम्ती भएको बताउनुका साथै एनआरएनए अमेरिका भित्र समस्याहरुको ठुलो चागं नहुँदो हो त कृष्ण लामिछान चुनाव उठ्ने थिएनन् भन्ने तर्क दिएका छन् ।
कार्यक्रममा भट्टले एनआरएनए संस्था नभई नेपालबाट बिभिन्न शिलशिलामा बिदेशीएका नेपालीको अभियान भएको बताउँदै यो नेपाल रहँदा बिभिन्न दलको झण्डा बोक्ने समुह नभई सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्ने अभियान भएको स्पष्ट पारेका थिए ।
अरु वेला कोठाभित्र बसेर अरुको काममा बिरोध जनाउनेहरु चुनावलाई टार्गेट बनाउँदै प्रतिवद्धता पेस गर्ने ढोंगीपनका बिरुद्ध नै लामिछाने यस निर्वाचनमा देखिएको बताएका नेता भट्टले अमेरिका र मातृभूमि नेपालका नेपालीहरुको समस्यामा संधै ईमन्दार रहने ब्यक्ती लामिछाने भएको अनुभव उनको सामाजिक कर्मको उदाहरण सहित साटेका थिए ।