एनआरएनए एनसीसी अमेरिकाको बरिष्ठ उपाध्यक्ष पदमा कृष्णजिवी पन्थको उम्मेद्वारी दर्ता

NRNA NEWS
2021 Apr 21

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका बर्तमान उपाध्यक्ष कृष्णजिवी पन्थले नयाँ कार्यसमिती निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उमेद्वारी दर्ता गराएका छन् । एक दशक लाको समय देखी मेरिल्याण्ड राज्यलाई कर्मथलो बनाएर सामाजिक रुपमा क्रियाशिल पन्तले आशन्न निर्वाचन 2021-2023 का लागि छिट्टै नै  एनसीसी बरिष्ठ उपाध्यक्ष पदमा आज आफ्नो उमेद्वारी दर्ता गराएका हुन् ।

नेपालमा तनहुँ जिल्लाका स्थायि बासिन्दा पन्त बर्तमान कार्यसमिती निर्वाचनमा उपाध्यक्ष पदमा वेष्ट क्षेत्रबाट सबैभन्दा बढी अर्थात ४६३९ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

गतिशिल, पारदर्शिता र सक्षम एनआरएनए भन्ने मुल नाराका साथ अघि बढेका उनि अमेरिकामा मात्र नभइ नेपालमा रहेका बिबिध समस्यामा समेत सहयोगका लागि तत्पर देखिन्छन् । सल्यानको विकट बस्तीमा प्रसुती गृह स्थापनाको सम्झौता, बाढि पिडितलाई सहयोग, तनहुँको बृद्धाश्रम र किरियापुत्री भवनमा सहयोग जस्ता मानविय सेवा र धर्मसंग सम्वन्धित कामहरुमा उनको ब्यक्तीगत र संस्थागत पहल तथा सहभागिता देखिदैं आएको छ ।

मातृभूमि नेपाल र अमेरिकामा रहेकाहरुको समस्यालाई नजिकबाट महशुष गरेर निस्वार्थ भावले समाजसेवाको यात्रामा हिँडिरहेका पन्थ एनआरएनए अमेरिकाको कार्याधिकार क्षेत्रलाई अझ सक्षम, वलियो र सबैले साझा पहुँचमा पुर्याउने उदेश्यका साथ एनआरएनएसंगको लामो आवद्धताका क्रममा मतदाता र यहाँ रहेका नेपालीबाट संस्थागत कमजोरीका बारेमा आउने गुनासोलाई ध्यानमा राखी संस्थागत पारदर्शिताको संस्कारका निम्ती उनले आवाज उठाउँदै आएका छन ।

जे होस् पन्तको अघिल्लो निर्वाचन साथै लोकप्रिय बिजयी छवि र कुशल नेतृत्व क्षमतालाई हेर्दा उनि बरिष्ठ उपाध्यक्षको जिम्मेवारीका निम्ती योग्य र अनुभवी उमेद्वारका रुपमा यस पटकको निर्वाचनमा पनि चुनावी मैदानमा देखिने भएका छन् ।

अमेरिकावासी सम्पूर्ण गैर आवासीय नेपालीहरुमा
नमस्कार !
आज भन्दा अगाडी पनि हजुरहरु सबैको सल्लाह, सुझाव र सद्भाव पाएर यहाँ सम्म आएको छु। सो विश्वासलाई कहिले पनि तोड्ने छैन भन्ने वाचा गर्दै औपचारिक रूपमा बरिष्ठ उपाध्यक्षको उम्मेदवारी दर्ता गरेको छु।

मेरो प्रस्तावकको रुपमा New Hampshire निवासी आदरणीय दाई

Sunder Gurung

र समर्थकको रूपमा California निवासी छोरी

Aakriti Pande

पाएकोमा गौरवान्वित छु र वहाँहरु प्रति मेरो हार्दिक कृतज्ञता ब्यक्त गर्दछु ।

“संस्थागत बिकास,परिवर्तन र पारदर्शिता; मेरो प्रतिबद्धता” भन्ने नारालाई आत्मसात गर्दै सदैव हजुरहरुको सेवामा समर्पित हुने विश्वासका साथ यहाँहरुको अमुल्य मतको अपेक्षा गर्दछु।
जय एन आर एन !!!
कृष्ण जीबी पन्थ
उम्मेदवार – बरिष्ठ उपाध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति – अमेरिका

error: Content is protected !!