गैर–आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाका अध्यक्ष पद प्रत्यासी बुद्धी सागर सुवेदीले आफ्नो उमेद्वारी दर्ता गरेका छन् । एनसीसी अध्यक्ष प्रत्यासी सुवेदीले यस विषयमा वक्तब्य जारी गर्दै जानकारी दिएका हुन् ।
प्रत्यासी सुवेदीद्वारा सार्वजनिक वक्तव्यमा उनले आफ्नो एनआरएनए आवद्धताको सुरुवाती दिन देखी आजको एनसीसी नेतृत्व पदको उमेद्वारी यात्रालाई स्मरण गर्दै निरन्तरको साथ र सहयोगका लागि अमेरिकाबासी नेपाली र नेपाली समुदायप्रति कितज्ञता ब्यक्त गरेका छन् ।
एप्पलटन विस्किन्सिनबाट औपचारिक उमेद्वारी घोषणा गरेका सुवेदी यस निर्वाचनमा अध्यक्ष पदका पहिलो चुनावी अभियान सुरु गरेका वलिया प्रत्यासी हुन् । बर्तमान कार्यसमिती उपाध्यक्षका सुवेदी चुनावी अभियान अन्तरगत अमेरिकाका बिभिन्न राज्यमा पुगेर अन्तरक्रिया तथा छलफलमा ब्यस्त रहँदै आएका छन् ।
२ दशक अघि अमेरिका आएका सुवेदीको सामाजिक कर्मलाई देखेकाहरुले उनलाई पहिले नै एनसीसीको कुनै जिम्मेवार पदमा बसेर काम गर्न सुझाव दिएका भएपनि उनले ‘यति ठुलो र गौरवशाली संस्थाको जिम्मेवारीका लागि म कत्तिको सक्षम छु भन्ने परिक्षा स्वरुप च्याप्टरको नेतृत्व सफलतापूर्वक लिएर एनसीसी उपाध्यक्षमा निर्वाचित हुँदै आशन्न निर्वाचनका लागि नेतृत्व प्रत्यासीका रुपमा देखिन लागेका उमेद्वार हुन् ।
आमा मनमाया सुवेदी र पिता होमनाथ सुवेदी स्यांजामा जन्मिएर चितवन माडीमा हुर्किएका हुन् रमाईलो डाँडाबाट प्राथमिक शिक्षा सुरु गरेका सुवेदीले माडी मावीबाट एसएलसी गरेका हुन् भने आईएसी फरेस्टीबाट गरेका हुन् । पिपल्स क्याक्पसबाट बि कम गरेका सुवेदीले , एमविए र एमएड त्रिभुवन विश्व बिद्यालय कृतिपुरबाट गरेका हुन् भने एलएलवि अध्ययन गर्दै गर्दा सन् २००३ मा उनि अमेरिका आए । स्कुले जिवनदेखी नै राजनितीक यात्रा सुरु गरेका सुवेदी २०५४ सालको स्थानिय निर्वाचनमा नेपाली कांग्रेजको तर्फबाट माडीमा अध्यक्षको उमेद्वारी र निर्वाचित भएपछि उनको राजनितीक र सामाजिक छवि अझ धेरै फराकिलो भएको थियो । जितपुर क्याक्पस, मिनभवन क्याम्पस देखी कालिकोटमा रहेको स्कुलमा समेत अध्यापन गराएका अनुभव संगालेका क्षेत्री अमेरिकामा रहेका नेपाली नयाँ पुस्ताको क्षमता अभिबृद्धीका लागि संधै क्रियाशिल ब्यक्तीमा रुपमा चिनिन्छन् ।
यस्तो छ प्रत्यासी सुवेदीको वक्तव्य
आदरणीय अमेरिकाबासी समस्त गैर आवासीय नेपालीमा सादर नमस्कार ।
गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि तपाई सबैको साथ, सहयोग र समर्थन हुनेछ भन्ने पूर्ण विश्वास सहीत संघको नेतृत्व गर्नका लागि मैले अध्यक्ष पदमा उम्मेद्वारी दिएको छु ।विस्कोन्सिन राज्यको च्याप्टर अध्यक्ष हुदैं तपाईहरुले गत निर्वाचनमा अमुल्य मत प्रदान गरी सुम्पनुभएको उपाध्यक्षको भूमिकामा रही एनआरएनए अमेरिकाको अभियानमा जोडिएर अघि बढिरहदा आउदो कार्यकालका लागि अध्यक्षको भूमिकामा रही सेवा गर्ने चाहना अनुरुप विगतमा जस्तै अमेरिकाबासी गैर आवासीय नेपालीवाट अमुल्य सहयोग हुनेछ भन्ने पूर्ण विश्वास लिई अध्यक्ष पदमा मैले उम्मेद्वारी दिएको हु ।संघको सम्पूर्ण सदस्यहरुले मेरो उम्मेद्वारीलाई सकारात्मक रुपमा लिई आवश्यक सहयोग गर्नुहुनेछ भन्नेमा म ढुक्क रहेको छु । मेरो उम्मेद्वारीको प्रस्तावकको रुपमा एनआरएन अभियन्ता डा. यादव पण्डित (टेनिसी) तथा समर्थकको रुपमा एनआरएनए, अमेरिकाका सल्लाहकार लाल प्रसाद काफ्ले (विस्कोन्सिन) रहनुभएको छ । समर्थक र प्रस्तावक सहीत तपाई सम्पूर्ण एनआरएनए अमेरिकाका सदस्यहरु जसले मलाई अघि बढ्न प्रेरित गर्नुभयो म सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।एनआरएनए अमेरिकाको नेतृत्व गर्नका लागि अघि बढिरहेको मेरो अभियानका क्रममा अमेरिकाबासी गैर आवासीय नेपालीहरुले जसरी मलाई सल्लाह, सुझाव सहीत उर्जा दिनुभएको छ, त्यसले मलाई उत्साहित बनाएको छ । सगसगैं तपाईहरुले म प्रति दर्साउनुभएको विश्वासले मलाई अझ बढी जिम्मेवार बन्न बल पुगेको छ । म सदैव तपाईहरु सगैं हुनेछु । उम्मेद्वारी दिनु भन्दा अघि देखिनैं प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मैले तपाईहरुसग सम्पर्क गर्दै आएको छु, त्यसलाई अझ व्यापक बनाई तपाईहरुले चाहेको एनआरएनए अमेरिका बनाउने अभियानमा नेतृत्व लिई म अघि बढ्नेछु । निर्वाचन हुनुभन्दा अघि सम्म मेरा एजेन्डाहरु सहीत चुनावी अभियानलाई लिएर म तपाईहरुसग हुनेछु भने निर्वाचन पछि पनि तपाईहरुले जुन भूमिका दिनुहुनेछ त्यही अनुरुपको भूमिकामा रही एनआरएनए अभियानमा सक्रियतापूर्वक लाग्ने पनि यहाहरु समक्ष प्रतिवद्धता व्यक्त गर्दछु ।र अन्त्यमा, मेरो यस अभियानमा एनआरएनए अमेरिकाका अग्रजहरु, वर्तमान तथा पूर्व कार्यसमिति एनआरएनए अभियानकर्मीहरु, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का विभिन्न तह र तप्कामा रहनुभएका अभियन्ताहरु, अमेरिकाभर रहेका च्याप्टरका एनआरएन कर्मीहरु, अमेरिकाभर रहेका विभिन्न संघ संस्थाका व्यक्तित्वहरु, आदरणीय संचारकर्मीमित्रहरु एवं समस्त अमेरिकाबासी गैर आवासीय नेपाली आमा बुबा, दाजु भाई तथा दिदी बहिनीहरुवाट अमुल्य सहयोग हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु । साथ साथैं संघको आगामी कार्यकालका निम्ति बन्ने कार्यसमितिको निर्माणका लागि निर्वाचनमा विभिन्न पदमा उम्मेद्वारी दिनुभएका सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सहमती र सहकार्यलाई उच्च प्राथमिकतामा राख्दै अभियानलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यतालाई मैले बुझेको छ र यसलाई आगामी दिनमा पनि निरन्तरता दिनेछु । एनआरएनए अमेरिकाको अभियानमा लाग्नुभएका सवै प्रति मेरो उच्च सम्मान रहेको छ । संघको निर्वाचनलाई सम्पन्न गर्न महत्वपूर्ण जिम्मेवारीमा रहनुहुने राष्ट्रीय निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरूमा पनि सम्मान व्यक्त गर्दछु ।सवैको सहभागिता अनि सबैको साथले संघलाई नया उचाई दिने मेरो सत्प्रयास हुनेछ भन्ने कटिवद्धता जनाउदैं सबैको साथको अपेक्षा राखेको छु ।जय एनआरएन । जय एनआरएनए, अमेरिका ।
तपाईहरुकैं,बुद्दि सागर सुबेदीअध्यक्ष पदको उम्मेद्वारगैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका बर्ष २०२१ देखि २०२३ कार्यकाल