एनआरएनए आईसीसी सचिव पदमा क्यालिफोर्नियाका शंकर खड्काको उम्मेदवारी घोषणा

NRNA NEWS
2021 Aug 27

अन्तराष्टिय समन्वय परिषद् (एनआरएनए) आईसीसी निर्वाचन (२०२१-०२१) का लागि सचिव पदमा शंकर खड्काले उमेद्वारी दिने भएका छन् । बर्तमान आईसीसी सदस्य रहेका खड्काले आफ्ना केही महत्वपूर्ण प्रतिवद्धता सहित आईसीसी नयाँ कार्यसमिती निर्वाचनमा सचिव पदका लागि उमेद्वारी दिने भएका हुन् ।

आफ्नो उमेद्वारीको निर्णय सार्वजनिक गर्दै खड्काले आफ्नो व्यक्तीगत, राजनितिक, पेसागत र सामाजिक कर्मबारे पनि स्मरण गरेका छन् । स–परिवार अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोवास गर्दै आईरहेका खड्का रामेछाप जिल्लामा जन्मिएका थिए ।

राजनितीक चेत भएको परिवारमा जन्मिएका खड्का सानैबाट गलत काम र कुराका बिरोध गर्ने स्वभावका थिए । कलेज जीवन सुरु गरेपछि अझ बढी समाज र देशका लागि आफुले सकेको योगदान गर्नुपर्छ भन्ने संकल्प गरेर अघि बढेका उनि एनआरएनए अभियानका सक्रिय र पुराना अभियन्ता हुन् ।

गैर आवासीय नेपाली संघ,अमेरिकाको सचिव,आइसीसीको विभिन्न कमिटी र हाल आइसीसी सदस्यको रुपमा कार्यरत खड्का एनआरएन केही व्यक्ति विशेषको मात्र होइन र हुनु हुँदैन, यसको सिन्डिकेट शैली तोड्न सक्नुपर्छ र त्यो सबै नेपालीको साथ, सहयोग र समर्थनले मात्र सम्भव भएकोप्रति स्पष्टता व्यक्त गर्दै खड्काले संस्थालाई पारदर्शी रुपमा सबैले अपनत्व महसुस गर्न सक्ने बनाउनका लागि खबरदारी र आफ्नो उमेद्वारी तथा अभियानलाई थप गतिशील बनाउन रचनात्मक सुझाव र सल्लाहको समेत अपेक्षा गरेको खड्काले बताएका छन् ।

error: Content is protected !!