एनआरएनए आईसीसी उपाध्यक्ष केसी अन्तरकृयाका लागि टेक्सास आउँदै

NRNA NEWS
2021 Jul 07

गैर आवासिय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद् [ आइसीसी ] का उपाध्यक्ष डा. बद्री केसी  बिहिबार टेक्सास आउने भएका छन् । एनआरएनए टेक्सास च्याप्टरको आयोजनामा  जुलाई ८ तारिकका दिन आयोजना हुँदै गरेको भेटघाट तथा अन्तरक्रियाका लागि आईसीसी उपाध्यक्ष डा. केसी टेक्सास आउने भएका हुन् ।

बिहिबार साँझ ६ बजेबाट सुरु हुने कार्यक्रम नेपाली समुदाय लक्षित रहने बताईएको छ । कार्यक्रमको सहजिकरणको भूमिकामा रहेका नव निर्वाचित टेक्सास च्याप्टर अध्यक्ष सोफिन थापाका अनुसार कार्यक्रम टेक्सासको अर्भिगं स्थित करी लेफ रेस्टुरेण्टमा हुनेछ ।

भावि आईसीसी अध्यक्षका रुपमा समेत हेरिएका डा.केसीको टेक्सासको यस पटकको यात्रालाई लिएर यहाँ रहेका नेपाली समुदाय उत्सुक देखिएका छन् ।

error: Content is protected !!