गैर आवासिय नेपाली संघ एनआरएनए आईसीसी सदस्य पदका लागि उत्तम कार्कीले उमेद्वारी घोषणा गरेका छन् । लामो समयदेखी अमेरिकाको क्यालिफोर्नियामा रहेर सामाजिक कार्यमा सक्रिय छवि बनाएका कार्कीले नयाँ कार्य समिती निर्वाचन २०२१ ०२३ का लागि आईसीसी सदस्यमा आफ्नो उमेद्वारी घोषणा गरेका हुन् ।
क्यालिफोर्निया क्षेत्रका सफल ब्यवसायि कार्की लामो समयदेखी एनसीसी अमेरिका, क्यालिफोर्निया च्याप्टर र स्नानिय संघसंस्था संवद्ध रहेर सामुदायिक हितका लागि काम गर्दै आएका अभियन्ता हुन् । एनआरएनए अमेरिकाका सल्लाहकार, नेपाली कम्युनिटी सेन्टर तदर्थ समिति अध्यक्ष वेस्ट अमेरिका–नेपाली एसोसिएसन (वाना) अध्यक्ष, नेपाली सामुदायिक केन्द्र अमेरिकाका संयोजक लगायतका अमेरिकाका सामाजिक संघ संस्थामा नेतृत्व र बिभिन्न पदको अनुभव सहित चुनावी मैदानमा देखिएका कार्की क्यालिफोर्निया क्षेत्रमा हुने नेपाली समुदाय लक्षित सांगीतिक, स्वास्थ्य, सामुदायिका भवन निर्माण लगायतका कामहरुमा अत्यन्त तत्परका साथ सहभागी हुने ब्यक्तीका रुपमा परिचित छन् ।
यस पटकको निर्वाचनमा आईसीसी सदस्य पदका लागि दावेदार रहेका कार्कीका निकट रहेकाहरुले कार्की समाजलाई केही गर्नू पर्छ भनेर सक्रियता पूर्वक प्रत्यक्ष सहभागी हुने, विभिन्न संघ संस्थामा रही पटक पटक उल्लेखनीय भूमिका निर्वाह गरेका कुशल र अनुभवी अभियन्ता नेपाल र नेपालीका समस्यामा संधै सेवा तत्परता, प्रजातान्त्रिक र मानव अधिकारका पक्षमा सचेत ब्यक्ती भएको बताउँदै उनलाई समर्थन गरिरहेका छन् ।
शालिन र पारदर्शी छवि भएका कार्कीले सेवाको दायरा अझ फराकिलो बनाएर अमेरिकाबासी नेपालीका समस्या समाधान र आवश्यकतालाई आईसीसी सम्म लगेर संबोधन तथा दिर्घकालिन समाधानको पहलका निम्ती आफुले यस पदमा उमेद्वारी दिएको बताएका छन् ।