गैर–आवासीय नेपाली संघ एनआरएनए अमेरिका अध्यक्ष पदमा प्रत्यासी कृष्ण लामिछानेले आफ्नो उमेद्वारी दर्ता गरेका छन् । एनसीसी प्रत्यासी लामिछानेले आज यस विषयमा वक्तब्य जारी गर्दै जानकारी दिएका हुन् ।
प्रत्यासी लामिछानेद्वारा सार्वजनिक वक्तव्यमा लामिछानेले आफ्नो एनआरएनए आवद्धताको सुरुवाती दिन देखी आजको एनसीसी नेतृत्व पदको उमेद्वारी यात्रालाई स्मरण गर्दै निरन्तरको साथ र सहयोगका लागि अमेरिकाबासी नेपाली र नेपाली समुदायप्रति कितज्ञता ब्यक्त गरेका छन् ।
टेक्सासको नेपाली मन्दिरबाट आफ्नो औपचारिक उमेद्वारी घोषणा गरेर आफ्नो चुनावी अभियान सुरु गरेका लामिछानेले अमेरिकाका बिभिन्न राष्टमा मतदातासंग अन्तरक्रिया तथा भेटघाट गर्दै आएका छन् । विगत २० बर्षदेखी अमेरिकाको टेक्सस राज्य स्थित डालसलाई कर्मक्षेत्र बनाएका लामिछाने पेसागत रुपमा ब्यावसायी हुन् । तर उनि आफ्नो परिवार र निजी ब्याबसायबाट समय निकालेर बिभिन्न संघ संस्था मार्फत एवं ब्यक्तिगत रूपमा समेत प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सामाजिक कार्यमा सक्रिय देखिन्छन् ।
नेपालीहरू बिचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउन तथा विदेशी माटोमा नेपाली भाषा संस्कृतिको जगेर्ना गर्ने अभियानमा सक्रिय छवि बनाएका उनि एनआरएनए अमेरिकालाई पारदर्शि, स्वच्छ र अमेरिका भरि रहेका सबै नेपालीहरूको अपनत्व रहने संस्थाको रूपमा बिकशित गर्ने लक्ष सहित नयाँ कार्यसमिती निर्वाचनमा अध्यक्ष पदका लागि उमेद्वारका रुपमा चुनावी मैदानमा देखिएका छन् ।
यस्तो उमेद्वारी दर्ता सम्बन्धमा प्रत्यासी लामिछानेले सार्वजनिक गरेको वक्तव्य
आदरणीय बुवा आमा, दाजु भाई, दिदी बहिनी, पत्रकार साथीहरु एनआरएनएका शुभचिन्तक साथीहरु,हार्दिक नमन !!!सबल र सक्षम एनआरएनए निर्माणको यो महाअभियानमा यहाहरूको साथ र भरोसाको पूर्ण आशामा नेपाल सरकारद्दारा मान्यताप्राप्त सबैभन्दा ठुलो प्रवासी संस्था एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको लागि अध्यक्ष पदमा आफ्नो उमेद्वारीको लागि मनोनयन दर्ता गराएको छु । आगामी मे महिनामा हुने निर्वाचनका लागि यहाँंहरुको आशिर्वाद र साथको पूर्ण आशा गरेको छु ।
एनआरएनए अमेरिकाको आगामी निर्वाचन केवल संस्थाको नियमित प्रकृया होईन । यो बिशाल संस्थालाई नियममा हिंडाउन, मर्दा र पर्दा यहाँंहरुको सुख दु:खको सारथी बनाउन र सबैभन्दा ठुलो एनसीसीको बलले आईसीसीमा अमेरिकाको एनआरएनएनको साख र प्रभाव राख्न सही पात्रको छनौट हुनु जरुरी छ । त्यसको लागि म सु-पात्र हुँं भन्ने मेरो ठम्याई छ ।२० बर्षे अमेरिकन जीवनमा सामाजिक क्षेत्रमा मैले खर्छेको बल, समुदायको लागि प्रदान गराएको समय र यही सामुदायिक अभियानको लामो अनुभवलाई एनआरएनएमा जोडेर काम गर्ने प्रणका साथ यहाँंहरुको गाली र तालीको पूर्ण आशा गर्दछु ।धन्यवाद ।जय एनआरएनएन ।
यहाँंहरुकैकृष्ण लामिछानेअध्यक्ष पदको प्रत्यासीएनआरएनए अमेरिकाको निर्वाचन २०२१-२०२३