गैर आवासिय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद् (एनआरएनए आईसीसी) निर्वाचन २०२१-०२३ का लागि उपाध्यक्ष पदमा सुनिल शाहले उमेद्वारी दिने भएका छन् । एनसीसी अमेरिकाका निवर्तमान अध्यक्ष शाह आउँदो अक्टोवर अन्तिम साता हुने एनआरएनए आईसीसी निर्वाचनमा उपाध्यक्ष पदको दावेदारमा देखिने भएका हुन् ।
जनकपुरको सामान्य परिवारमा जन्मिएका शाह पेसाले ईन्जिनियर हुन् । लामो समयदेखी अमेरिकाको टेक्सासलाई कर्मक्षेत्र बनाएर अघि बढिरहेका उनि सफल व्यवसायि पनि हुन् । सामाजिक अभियान र एनआरएनएसंग लामो समयदेखी आवद्ध शाह २०१७-०१९ का लागि एनसीसी अमेरिका बरिष्ठ उपाध्यक्ष हुँदै २०१९-०२१ का लागि अध्यक्ष पदमा ठुलो मतान्तरले बिजयी भएका थिए ।
विश्वासको प्रतिक परिवर्तनको संवाहक भन्ने मुल नाराको साथ चुनावी मैदानमा देखिंदै गरेका शाहले विश्वासको जगमा संस्थाको समय सापेक्ष रुपान्तरणको अभियानमा सार्थक योगदान पुर्याउनका लागि उमेद्वारी दिने निर्णय गरेको बताउँदै यसलाई प्रणका साथ पवित्र यात्राको सुरुवातका रुपमा आफुले लिएको बताएका छन् ।
बलियो नेतृत्व कुशलता र लामो समाजिक अनुभव सहित यस पटकको आईसीसी निर्वाचनमा उपाध्यक्ष पदको दावेदारीमा देखिंदै गरेका शाहको उमेद्वारीलाई अमेरिकाबासी साथै टेक्सासका नेपालीहरुले आफुहरुको प्रतिनिधी उमेद्वारी भन्दै समर्थन सहित जीतका लागि शुभकामना दिईरहेका छन् ।