एक नारायण भण्डारीको शब्द तथा लय सृजनामा गायिका सरिता कार्कीको तिज गीत ‘सिमसिमे पानीले’ सार्वजनिक (भिडियो)

NRNA NEWS
2021 Jul 14

गायिका सरिता कार्कीको नयाँ तिज गीत सिमसिमे पानीले सार्वजनिक भएको छ । एक नारायण भण्डारीको शब्द तथा लय सृजना रहेको यस गीत भिडियो सहित आयिका कार्की स्वयंकोयूटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

गायिका कार्कीको यस गीतमा सामुहिक गायन तर्फ सुमन थापा र सम्झना कार्कीको स्वर रहेको छ । एकै घरका दिदी बहिनी धनी र गरिवसंग बिबाह हुँदाको कारुणिकता सहित भदौरे झरीमा पर्ने तिज पर्वको महत्व दर्साईएको यस गीतमा नारीको पिडा र चाहनालाई उजागर गरिएको छ ।

चर्चित कलाकार शंकर बिसीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा करिष्मा ढकाल, सितल श्रेष्ठ, निक्स शर्मा लगायतको अभिनय रहेको छ ।

झरीको मौसममा छायांकन गरिएको गीतको भिडियोमा मैलिक नेपाली अस्तित्वमा रहेको घुमलाई पनि प्रयोगमा ल्याईएको छ जो झरी पर्दा ग्रामिण भेगमा ओड्ने गरिन्थ्यो र कतिपय ठाउँमा अहिले पनि ओडिन्छ । दुर्गा पौडेलको छायांकनमा निर्माण भएको सीमसीमे पानीले गीतको भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।

error: Content is protected !!