गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनमा एनसीसी उपाध्यक्ष पदमा बासुदेव अधिकारीले आफ्नो उमेद्वारी घोषणा गरेका छन् । १६ बर्ष देखी अमेरिकामा रहेर यहाँका नेपाली समुदायसंग निकट अधिकारीले आफ्ना मुख्य प्रतिवद्धता सहित आशन्न निर्वाचन (२०२१-०२३ )का लागि एनसीसी अमेरिकाको उपाध्यक्ष पदमा आफ्नो उमेद्वारी सार्वजनिक गरेका हुन् ।
बर्तमान कार्य समितीका बोर्ड अफ डाईरेक्टर अधिकारी अमेरिका आएको छोटो समयमा नै आफुलाई सफल ब्यवसायिका रुपमा उभ्याउन सफल युवा हुन् । शंकरदेव क्याम्पसबाट स्नातकोत्तर उनि बैंकिगं पृष्ठभूमिबाट आएका ब्यवसायि हुन् । अमेरिका आएका सुरुवाती दिनमा ग्यांस स्टेसनमा काम गरेका उनि ब्यवसायिक र सामाजिक दुवै क्षेत्रमा सकारात्मक र सफल छवि स्थापित ब्यक्ती हुन् ।
नेपालको सुदुरपश्चिमा जन्मिएका उनि अमेरिकामा रहेका सुदुर तथा मध्य पश्मिका नेपालीहरुमाझ अझ बढि लोकप्रिय छन् । नेपाली भाषा, संस्कृति, शिक्षा लगायतका क्षेत्रमा ब्यक्तीगत रुपमै पनि सहयोग गर्न तत्पर अधिकारी स्पस्टवक्ता, नेतृत्वदायि ब्यक्तीत्व र सामाजिक छवि तथा आफ्ना प्रतिवद्धताप्रति सचेत उनि अमेरिकाबासी नेपालीमाझ क्रियाशिल सामाजिक अभियन्ताका रुपमा चिनिन्छन् ।