उपाध्यक्ष पदकालागि उम्मेदवारी दिने तयारिमा प्रभात , सन्दर्भ : एनआरएनए अमेरिका निर्बाचन २०२१

NRNA NEWS
2021 Apr 18

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आशन्न निर्वाचन २०२१-०२३ का लागि एनसीसी उपाध्यक्ष पदमा प्रभात राज सापकोटाले उमेद्वारी घोषणा गर्ने भएका छन् । चितवन , नवलपरासी,काठमाडौँ हुँदै हाल अमेरिकाको न्यु योर्कमा सक्रिय सामाजिक छवि स्थापित सापकोटा एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनमा उपाध्यक्ष पदमा युवा उमेद्वारका रुपमा देखिने भएका हुन् ।

नेपाल बिद्यार्थी संघ अमेरिका शाखा पुर्ब अध्यक्ष समेत रहेका सापकोटा राजनितीक र सामाजिक पृष्ठभुमि बोकेको परिवारमा जन्मिएका हुन्। उनका पिता प्रेमराज सापकोटा प्रचातान्त्रिक बिचार समाज नेपालका पुर्ब केन्द्रिय सदस्यका रुपमा सक्रिय ब्यक्ती हुन् । त्यसैले पनि उनिभित्र सानै उमेर देखी सामाजिक संरचना अनुसारका समस्या र आवश्यकता र त्यसका लागि निर्वाह गर्नुपर्ने दायित्वका बारेमा हेक्का भएको पाईन्छ । उनले युवा सशक्तीकरण र यहाँ रहेका नेपाली समुदायको सहज जीवनयापनका लागि देखाउँदै आएको जोस र तत्परताले उनि नयाँ ढंगले सबैको चाहना अनुरुपको एनआरएनए अमेरिका निर्माणको परिकल्पना बोकेर चुनावी मैदानमा उत्रदैं छन् भन्ने आभाष पक्कै गराउँछ ।
सापकोटा एनआरएनएन अमेरिकामा बिगत २०१३ देखि नै सक्रिय भूमिकाको रुपमा रहदै आएका छन्।

नेपाल अमेरिका पत्रकार संघ ( नेजा ) का साधारण सदस्य संगै चितवन समाज अमेरिकाका पूर्व अध्यक्षको भूमिकामा रहेर काम गरि सकेका सामाजिक अभियन्ता हुन्।

सापकोटा सन् २०१० मा उच्च शिक्षाको लागि पूर्ण छात्रवृतिमा University of Texas आएका थिए।

error: Content is protected !!