आफ्नो त्याग, तपस्या र नैतिकताको मुल्यांकन भएको महसुस गर्दै पेन्सिलभेनियामा लामिछाने भाबुक, अब बिजयी निश्चित छ-लामिछाने समुह

NRNA NEWS
2021 May 20

पेन्सिलभेनिया । गैर आवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार कृष्ण लामिछाने समूहले पेन्सिलभेनियामा स्थानीयसँग भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रममा अध्यक्षका उम्मेदवार कृष्ण लामिछानेसहित अधिकांश उम्मेदवारहरु सहभागि हुनुहुन्थ्यो । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा समाजसेवी विनोद मोक्तान र राप्रपाका सहमहामन्त्री एवं एनआरएनए आइसीसीको मानार्थ सदस्य प्रेम कुमार श्रेष्ठ सहभागि हुनुहुन्थ्यो ।

सो अवसरमा समाजसेवी विनोद मोक्तानले लामिछाने समूहलाई आफनो समर्थन जनाउनुभएको थियो । साथै कार्यक्रममा उपस्थिति अधिकांश स्थानीयले लामिछाने समूहलार्ई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

त्यस्तै, कार्यक्रममा अतिथिको रुपमा नेपाली जनसम्पर्क समितिका सभापति डा. केशव भण्डारी, आइसीसी सदस्य लोक तिवारी, पेन्सिलभेनिया गुठीका अध्यक्ष विमल मोत्तान, वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्णजीवी पन्थ, आइसीसीका उम्मेदवार रविन बज्राचार्य, उपाध्यक्षका उम्मेदवार चन्द्र लामा र प्रविन केसी, युवा संयोजकका उम्मेदवार विजय ओम गुरुगं, एनआरएन बोर्ड अफ डाइरेक्टरका उम्मेदवार कमल सापकोट, अशोक केसी र दिवाकर पाण्डे, जनजाती महासंघका वरिष्ठ उपाध्यक्ष पदम गुरुगं, राष्टिय कलाकार सिर्जना थापा, राजन ठकुरी लगायतको सहभागिता रहेको थियो ।

एनआरएनए पेन्सिलभेनिया च्याप्टर सभापति सुवास बैठाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेरील्याण्ड च्याप्टरका संस्थापक उपाध्यक्ष विनोद उप्रेती, पूर्व युवा संयोजक डा. वर्षा मोत्तान, प्रा.डा. संगित रायमाझी, समाजसेवी राज कालाखेती, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हेमराज भट्ट, पेन्सिलभेनियाका उपाध्यक्ष जयन्द लामा, समाजसेवी भरत थापालगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा अध्यक्षका उम्मेदवार लामिछानेले भावुक हुँदैं समाजसेवी विनोद मोक्तानले देखाउनु भएको माया, साथ र समर्थन कहिल्यै बिर्सन नसक्ने बताउनुभयो । कार्यक्रम नवीन लामाले सञ्चालन गर्नुभएको थियो ।

error: Content is protected !!