आफुलाई बिजयी गराउनेहरुप्रति नव निर्वाचित बरिष्ठ उपाध्यक्ष पन्थको कृतज्ञता सहितको प्रतिवद्धता

NRNA NEWS
2021 Jun 01

भर्खरै सम्पन्न एनआरएनए अमेरिकाको निर्वाचनबाट निवार्चित बरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्थले आफुलाई निर्वाचित गराउने अमेरिकाबासी नेपाली समुदायलाई धन्यवाद दिंदै मातृभूमि नेपाललाई समेत स्मरण गरेका छन् । नव निर्वाचित एनसीसी बरिष्ठ उपाध्यक्ष पन्थले बिज्ञप्ती जारी गर्दै निर्वाचन सफल र आफुलाई बिजयी बनाउन सहयोग पुर्याउने अमेरिकाबासी समुदाय, संचारकर्मी, सामाजिक अभियन्ताप्रति कृतज्ञता व्यक्त गरेका हुन् ।

आप्राबासी नेपालीहरुको साझा संस्था गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाको (सन् २०२१–२०२३) कार्यकालको लागी गत शनिबार र आईतबार सम्पन्न निर्वाचनमा पन्थ ६ हजार ८ सय ५० मत सहित एनसीसी अमेरिकाको वरिष्ठ उपाध्यक्षमा बिजयी भएका हुन् ।

आफु निर्वाचित भए लगत्तै नव निर्वाचित पन्थद्वारा सार्वजनिक बिज्ञप्तीमा निर्वाचनमा सकृयता पुर्वक मतदान प्रकृयामा सहभागी भई यस अभियानलाई एक कदम अघि बढाउने महान् कार्यमा संलग्न भएका तथा सहयोग पुर्याएकाहरु प्रति हार्दिकता पूर्वक धन्यवाद तथा आभार प्रकट गरिएको छ ।

विज्ञप्तीको पूर्ण पाठ

error: Content is protected !!