अस्टिनमा कृष्ण लामिछाने तथा समूहले आज [ बुधबार ] अन्तरक्रिया गर्दै

NRNA NEWS
2021 May 12

टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने टिमले बुधबार अस्टिनमा भब्य अन्तरकृया कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रम साझ ५ बजे हुनेछ । विशेष गरि तीन ठूला शहरमा कार्यक्रम सम्पन्न गरेको लामिछाने टिमले बुधबार टेक्ससको राजधानी अस्टिन शहरमा स्थानीयसँग भब्य अन्तरकृया कार्यक्रम आयोजना गन लागेको हो ।

कार्यक्रममा स्थानीयहरुको बाक्लो सहभागिता हुने भएको छ, जसको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय संघसंस्थाका गन्य मान्य ब्यक्तीत्व, बुद्धिजीवी, राजनीतिक दलका नेताहरुलगायतको पनि सहभागिता रहनेछ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता विष्णु सुवेदी, चन्द्रशेखर यादव, फिल्म निर्माता नारायण पुरी, नेपाल विद्यार्थी संघका नेताहरु प्रियरंजन दाहाल र उज्वल खत्रीलगायतको सहभागिता रहनेछ ।

अध्यक्ष उम्मेदवार लामिछानेले सम्पूर्ण टिमसहित कार्यक्रममा सहभागि हुन लागेको जानकारी गराउनुहुँदै अस्टिन शहर वरिपरि बस्नु हुने एनआरएनए युएसएका सम्पुर्ण सदस्यहरुलाई समेत सो अन्तरकृया कार्यक्रममा सहभागिताको लागि आह्वान गर्नुभएको छ ।

त्यस्तै, लामिछाने टिमले शुक्रबार ओहियो, शनिबार मिशिगन र आइतबार विन्सिन्सनमा भेटभाट, तथा अन्तरकृया कार्यक्रमको आयोजना गर्दैछ । यसअघि लामिछाने टिमले अमेरिकाका शिकागो, आईवा र केन्टकीमा भब्य रुपमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

कार्यक्रममा स्थानीयबासीको बाक्लो सहभागिता थियो भने कार्यक्रम हलमा सहभागिहरु खचाखच भरिएका थिए । लामिछाने टिमलाई स्थानीयसँगै विभिन्न संघसंस्थाहरुले भब्य स्वागत गर्दै समर्थन जनाएका थिए ।

 

error: Content is protected !!