‘अवको नेतृत्वले पुरानै प्रतिवद्धतालाई मात्र दोहोर्याउने होईन प्रभावकारी योजनामाथी गम्भिर हुनुपर्छ ‘- उपाध्यक्ष पदका उम्मेदवार उप्रेती

NRNA NEWS
2021 Apr 28

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आशन्न निर्वाचनमा एनसीसी उपाध्यक्ष पदका उम्मेदवार विकास उप्रेतीले पुरानै प्रतिवद्धतामा केन्द्रित हुनुभन्दा प्रभावकारी योजनामाथी गम्भिर बन्न अनुरोध गरेका छन् । एनसीसी अध्यक्ष पदका उम्मेदवार कृष्ण लामिछानेको प्यानलबाट उपाध्यक्ष पदमा उमेद्वारी दर्ता गरेर चुनावी अभियानमा सहभागी उप्रेतीले प्रभावकारी योजनाको आवश्यकता माथी जोड दिंदै यस्तो बताएका हुन् ।

चुनाव लक्षित कार्यक्रम अन्तरगत सुझाव संकलनका लागि यतिवेला न्यूयोर्कमा रहेका उप्रेतीले आफुले यस अघि एनआरएनएका धेरै चुनाव प्रतक्ष्य अप्रत्यक्ष रुपमा देखेको अनुभव सहित यस पटकको आफ्नो उमेद्वारी पहिलो भएको पनि बताए । उनले भने ‘अवको नेतृत्वले पुरानै प्रतिवद्धतालाई मात्र दोहोर्याउने होईन प्रभावकारी योजनामाथी गम्भिर हुनुपर्छ ।’

बर्तमान एनसीसी अमेरिकाका दक्षिण क्षेत्रिय संयोजक पदको जिम्मेबारीमा रहेर काम गरिरहेका उप्रेती हरेक निर्वाचनमा सुन्दै आएको असन्तुष्टी र असहमती, लाखौंको संख्यामा नेपाली रहेको अमेरिकामा एनआरएनए सदस्य संख्या मुस्किलले २० हजारको हाराहारीमा देखिनु, पटक पटक सिस्टमको दोस देखाईने प्रवृद्धी लगायतका बिषयमाथी पनि आफ्ना बिचार राखेका छन् ।

सामाजिक र ब्यवसायिक पृष्ठभूमीका कारण उप्रेती अमेरिका र बिषेषत टेक्सस क्षेत्रमा सबैको नजरमा परेका सफल र जुजारु युवा उप्रेतीले संस्था स्थापनाको महत्व माथी प्रकास पार्दै जुन उदेश्यले संस्था स्थापना भयो बिभिन्न बाधाहरु चिर्दै आजको समय सम्म एनआरएनएलाई सफल मार्गमा डोहोर्याउन योगदान पुर्याउने सबै अग्रज एनआरएनए अभियन्तालाई धन्यवाद दिनुका साथै संसारलाई सहयोग गर्नु पर्ने सपनाको देश अमेरिका र बृहत एनसीसीका रुपमा समेत स्थापित एनआरएनए अमेरिकाले आफ्नो दाहित्व भुल्न नहुने पनि बताएका छन् ।

सम्पूर्ण उमेद्वारलाई बिजयीको सुभकामना समेत दिएका उप्रेतीले कोभिड पेण्डामिकका समय न्यूयोर्कले भोग्नु परेको पिडा र यहाँका नेपालीको एकता उदाहरणिय भएकोप्रति खुसी ब्यक्त गर्नुका साथै असल नेतृत्व चयनको निर्णायक मत मतदाताको हातमा रहेकाले हार जितको सपना भन्दा आफ्नो सामाजिक उदेश्यप्रति उमेद्वार वफादार रहनुपर्नेमा उनले जोड दिएका छन् ।

 

error: Content is protected !!