गैर आवासीय नेपाली संघ एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद आईसीसी निर्वाचनमा अमेरिकाबाट राम सी पोखरेलले उमेद्वारी दिने भएका छन् । आगामी अक्टोबरमा हुने आईसीसी निर्वाचन (२०२१-०२३)का लागि पोखरेलले अमेरिकाज क्षेत्रीय संयोजक पदमा उमेद्वारी दिने भएका हुन् ।
लामो समयदेखी अमेरिकामा रहेर सामाजिक सक्रिय छवि बनाएका पोखरेल एनआरएनए अभियानका कियाशिल र नेतृत्व क्षमता राख्ने बलिया अभियन्ता हुन् । यस पटकको आईसीसी निर्वाचनका लागि अमेरिकाज क्षेत्र संयोजक पदका लागि चुनावी मैदानमा देखिंदै गरेका उनी हाल एनआरएन अमेरिकाजको क्षेत्रीय उप-संयोजक हुन् । पोखरेल अमेरिकाजको क्षेत्रीय उप-संयोजक पदमा काम गरिसकेका अनुभवी उमेद्वार समेत भएकाले क्षेत्रीय संयोजकमा उनको दाबी स्वभावीक देखिन्छ ।
सामाजीक सेवा र एनआरएन अभियानमा नेतृत्वदायी र सक्रिय भुमिका खेल्दै आइरहेका पोखरेल एनआरएन अभियानलाइ अझ प्रभाबकारी र बिवादरहित बनाउन भुमिका खेल्ने प्रतिवद्धता सहित आसन्न एनआरएनए आईसीसी निर्वाचनको प्रतिस्पर्धात्मक यात्रामा देखिदै छन् । उनले सामाजिक सेवा भावको यो यात्रामा यस पटक पनि नेपालीहरुले साथ र सहयोगको लागि अनुरोध पनि गरेका छन् ।