अमेरिका– अर्कान्सस्थित नेपाली बिद्यार्थीहरुको बाहुल्य रहेको जोन्सबोरोमा नेपाली नाइट कार्यक्रम हुने भएको छ । कार्यक्रम नेपाली बिद्यार्थीहरुको संस्था समूह नेपाली बिद्यार्थी समुहको आयोजनामा आउदो अप्रिल १ गते हुन लागेको हो । विश्वविध्यालयको बि सी एम हलमा साँझ ६ बजे देखि सुरु हुने कार्यक्रममा लाइभ म्युजिकका साथै थुप्रै नेपाली बिद्यार्थीहरुको नृत्य र प्रतिभा प्रदर्शन गरिने जनाइएको छ ।
कार्यक्रम अर्कान्सस विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली बिद्यार्थीहरुको कला, नेपाल र नेपालीको सांस्कृतिक झल्को दिने उदेश्यल कार्यक्रमको आयोजना गर्न लागिएका समुहका अध्यक्ष बिनय चौधरीले जानकारी दिनुभयो ।
देश एउटै भएपनि संगै बसोबास गर्ने धेरै नेपाली बीच परिचय हुन नसकेको अवस्था रहेको बताउने चौधरी यो कार्यक्रमले यस्तो अवस्था चिर्न सहयोग हुने अपेक्षा रहेको बताउनुहुन्छ ।
विद्यार्थीका लागि विद्यार्थीले नै आयोजना गरेको कार्यक्रम भएका भन्दै आयोजनकले कार्यक्रम ब्यबस्थापनका लागि आर्थिक सहयोगका लागि समेत आग्रह गरेको छ ।
Zelle : 8703338102
Binay Chaudhary