रिपोटर्स क्लब अमेरिकाको पत्रकार अर्जुन प्रधानले जन्मदिनमा सयौं गरीब दुःखीलाई खुवाए खाना


2023 Feb 13

“भोजन दान, महाकल्याण” सेवा नै धर्म हो भन्ने मुल ‘मन्त्र’ लाई आत्मसाथ गेर्ने कोमल हृदय भएका समाजसेवी एवम् अमेरिकाका पत्रकार अर्जुन प्रधानले माघ २८ गते उहाँको जन्मदिनमा काठमाडौंका विभिन्न मठ, मन्दिर, पाटी, पौवा, खोला किनारा, सडक पेटी लगायत पुल मूनी रात काट्न बाध्य भएका १५१ जना गरीब दुःखीलाई रातको एक छाक तातो खाना खुवाउनु भएको छ । उहाँले खाना खुवाउनलाई समाजसेवी प्रदिप घिमिरेलाई आर्थिक सहयोग प्रदान गर्नु भएको थियो ।

नेपाली भेष, भुषा, धर्म, भाषा, साहित्य र संस्कारको विकास साथ साथै विविध विधामा शसक्त रुपमा कमल मार्फत आफ्नो आवाज बुलन्द गर्दै आउनुभएकोछ । समसामायीक विषयवस्तुमा खरो कलम चलाउने प्रधानलाई उहाँको कार्यको उच्च प्रशंसा गर्दै रिपोर्टर्स क्लबले प्रखर वक्ता, एवं कुशल पत्रकार अर्जुन प्रधान रिपोर्टर्स क्लब अमेरिकाको सदस्यमा केही सयम अगाडी सर्वसहमतिले चयन हुनु भएको थियो ।

१५ वर्ष देखी पूर्नवासको लागि अमेरिका प्रस्थान हुनुभएका प्रधान अमेरिकामा रहेर पनि पत्रकारीता गर्दै आउनु भएको छ । २०६५ सालमा सप्तरङ्गी एफ्. एम्. को सम्बाददाताको रुपमा कार्यभार सम्हाल्नु भएका अर्जुन प्रधान हालसम्म पनि सम्बाददाताको काम गरिरहनु भएको छ । प्रधानले नेपाली पत्रकारीतालाई शिखरमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

बाल्यवस्था देखी नै परोपकारी कार्यमा अग्रसर रहने प्रधान मिलनसार साथै अरुको दुःख पीडा देख्न नसक्ने परोपकारी भावना ओतप्रोत समाजमा रहेका दिनदुःखीहरुको दुःखमा आफूले सकेको साथ सहयोग गर्न सँधै तत्पर रहने गर्नुहुन्छ ।

अर्जुन प्रधान भन्नुहुन्छः “मान्छे भएर जन्मदैमा कोही पुर्ण हुदैन, कर्म र भावना पनि त्यही अनुसार हुनुपर्छ भन्ने मान्यता सधैं रहन्छ । मान्छेलाई पैसाले कहिल्यै पनि पुग्दैन, आफूले कमाएको थोरै रकम मात्रै भए पनि समस्यामा परेको दुःखी गरीब कसैको सेवामा खर्चिन सक्यो भने त्यसबाट जति आनन्द प्राप्त हुन्छ, त्यो बराबरको आनन्द अरु केहीबाट पनि प्राप्त हुँदैन ।”

मन्थली नगरपालिका वडा नं.४ सालुका युवा समाजसेवी प्रदिप घिमिरेले कोरोनाको समय देखी काठमाडौंका सडक पेटीमा बस्ने गरीब दुःखीहरुको लागि रातको समयमा एक छाक खाना खुवाउने गरेको प्राण बचाउने भोजन सेवा जस्तो पूण्य कार्यमा साथ सकेको सहयोग र हौसला दिनलाई अर्जुन प्रधानले सहयोगी मनहरुलाई वर्षमा १ दिन भने पनि खाना खुवाउलाई अनुरोध समेत गर्नु भएको छ ।

मानव कल्याणको लागि पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै मंसिर १६ गते मन्थली नगरपालिकाको स्थापना दिवसको अवसरमा नगद सहित प्रशंसा प्रत्रले युवा समाजसेवी प्रदिप घिमिरेलाई सम्मान गरेको थियो ।

नेपालमा कोरोना भाइरसको सुरुवाती चरणदेखी सञ्चालन भएको तातो खाना अभियान विविध कारणबस एक छाक खान नपाएर सडक पेटीमा बस्नेहरुका लागि युवा समाजसेवी प्रदिप घिमिरे अमूल्यले तातो खाना अभियान सञ्चालन गरेका थिए । उक्त कार्य आजका मितिसम्म पनि सञ्चालनमा जारी राखेका छन् ।

error: Content is protected !!