चीन र अमेरिका तनावबीच व्यापार बढ्दो


2023 Feb 10

गत केही वर्ष यता अमेरिका र चीनबीचको कूटनीतिक सम्बन्धमा बढ्दै गएका बेला दुई देशको व्यापार पनि रेकर्डरूपमा बढेको पाइएको छ ।

औपचारिक आँकडाहरूका अनुसार सन् २०२२मा अमेरिका र चीनबीच करिब ६खर्ब ९० अर्ब अमेरिकी डलर बराबरको व्यापार भएको हो ।

हाल फेरि यी दुई देशबीच नयाँ तनाव जासुसी ब्यालुनलाई लिएर सार्वजनिक भएको छ । अमेरिकाले चीनको ब्यालुनलाई जासुसी भनी टिप्पणी गरेको छ भने चीनले यसलाई मौसमसम्बन्धी जानकारी जुटाउने ब्यालुन भनेको छ ।
यी दुई देशबीच दक्षिण चीन सागरमा कृत्रिम टापू बनाएको, आफ्नो सैन्य तैनाथी बढाएको र ताइवानलगायतका विषयमा तनाव पहिले देखि रहिआएको छ ।

विश्वको सबै भन्दा दुई ठुला अर्थतन्त्रहरूबीच सन् २०१८देखि व्यापार युद्ध जारी रहेको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने आयातमा अतिरिक्त भन्सार महसुल थपेर व्यापार युद्ध सुरु गरेका थिए ।

अमेरिकन इन्टरनेसनल ट्रेड इन गुड्स एण्ड सर्भिसेजको हालै सार्वजनिक प्रतिवेदन अनुसार गत वर्ष अमेरिकामा ं चीनबाट भएको आयात बढेर ५खर्ब ३६अर्ब ८० करोड अमेरिकी डलर बराबर पुग्यो ।चीनमा बनेका खेलौना र मोबाइल फोनको ठुलो परिमाणमा खरिद भयो ।

चीनमा हुने अमेरिकी निर्यात बढेर १ खर्ब ५३ अर्ब ८० करोड अमेरिकी डलर बराबर भयो ।

डिसेम्बर २०२२मा अमेरिकाको कुल निर्यात २ खर्ब ५० अर्ब २० करोड अमेरिकी डलर थियो । नोभेम्बरमा भएको निर्यातको तुलनामा २ अर्ब २० करोड अमेरिकी डलर भन्दा कम थियो । सोही अवधिमा कुल आयात ३ खर्ब १७ अर्ब ६० करोड अमेरिकी डलर थियो । यो नोभेम्बरको तुलनामा ४ अर्ब २ अर्ब अमेरिकी डलरले बढी थियो । सो अवधिमा चीनको निर्यात २ अर्ब ४० करोड अमेरिकी डलरले बढेको पाइएको छ ।

दुवै देशबीचको व्यापार आँकडाले तनावका बाबजुद व्यापार बढेको पाइएको छ ।

आँकडाले यी दुई देशबीचको परस्पर निर्भरतालाई दर्शाउँछ ।

error: Content is protected !!