अमेरिकी राष्ट्रपतिको घर खानतलासी गरी जफत गरिए थप ६ वर्गीकृत दस्तावेज


2023 Jan 22

अमेरिकी राष्ट्रपति जो बाइडेनको घर खानतलासी गरी त्यहाँको न्याय मन्त्रालयका अनुसन्धानकर्ताहरूले थप ६ वर्गीकृत दस्तावेज जफत गरेका छन् ।

बाइडेनका एक वकिलले डेलावेयरस्थित निवासबाट १३ घन्टा लामो खानतलासीबाट ती दस्तावेज जफत गरिएको बताएका हुन् ।

केही दस्तावेजहरू शुक्रबार विल्मिङगन्टबाट फेला पारिएको थियो । ती दस्तावेज बाइडेन सिनेटको सदस्य तथा बाराक ओबामाका उपराष्ट्रपति रहेका बेला भएका गतिविधिसँग सम्बन्धित दस्तावेजहरू रहेका छन् ।

वकिल बब बाउएरले भने “हस्तलिखित टिपोट र त्यससँग सम्बन्धित वस्तुहरू लगिएको बताए । खानतलासी भएका बेला बाइडेन र उनकी पत्नी उपस्थित रहेका थिएनन् ।

वकिल बाएरले सार्वजनिक गरेको विज्ञप्तिमा राष्ट्रपतिले आफ्नो घर खानलासी गर्न अनुमति दिएपछि न्याय मन्त्रालयका अधिकारीहरूले सो खानतलासी गरिएको उल्लेख भएको बीबीसीले जनाएको छ ।

यो महिनाको सुरुमा बाइडेनका वकिलहरूले पहिलो पटक वर्गीकृत दस्तावेजहरू नोभेम्बर २मा पेन बाइडेन सेन्टरबाट फेला पारिएका ेि बताएका थिए । राष्ट्रपति बाइडेनले वासिंटन डीसीमा स्थापना गरेको विचारक संस्था थिंक ट्यांक संस्थाको रूपमा पेन बाइडेन सेन्टर हो ।

दोस्रो पटक २० डिसेम्बरमा विलिमिङटन निवासको ग्याराजबाट फेला पारिएको थियो ।

अर्कोपटक १२ जनवरीमा दस्तावेज फेला पारिएको थियो ।

दस्तावेज प्राप्त भइरहेपछि राष्ट्रपतिले आफ्नो टोलीलाई तत्काले राष्ट्रिय अभिलेखालयमा राख्न लगाए कि बाइडेनले आफै राखेका हुन स्पष्ट भएको छैन् ।

। राष्ट्रपति रेकर्ड कानुन अन्तर्गत राष्ट्रपति कार्यालय ह्वाइट हाउस रेकर्डहरूलाई राष्ट्रिय अभिलेखायलमा राख्नु पर्नेछन् । त्यहाँ तिनलाई सुरक्षित राख्न सकिन्छ ।

अनुसन्धान समूहका विशेष अधिकारी रोबर्ट हुरले यी संवेदनशील दस्तावेजको अनुसन्धान गर्ने भएका छन् ।

धेरै दस्तावेजको बरामदगीले राष्ट्रपति बाइडेनले सन् २०२४मा दोस्रो पदावधिका लागि गरिरहेको प्रयासमा बाधा पर्न सक्ने देखिन्छ ।

बाइडेन पत्नी जिलसँग डेलावेयरको रेहोबोथ बिचमा साताको अन्त्यमा बिदा मनाइरहेका छन् । त्यहाँ उनको अर्को घर छ । यो महिनाको सुरुमा यहा तलासी भइको थियो तर कुनै दस्तावेज बरामद भएको थिए ।

दुई महिनाको अन्तरमा पहिलो तलासी मध्यावधि निर्वाचन अघि फेला परेको थियो । त्यतिखेर राष्ट्रपतिको पारदर्शी व्यवहारबारे प्रश्न उठाइएको बीबीसीका संवाददाताले जनाएको थियो ।

बाइडेनका सहयोगीहरूले राष्ट्रपति बाइडेनले अनुसन्धानकर्ताहरूलाई छानबिनमा सहयोग गरिरहेकोमा जोड दिएका छन् ।

यस अघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो घरमा खानतलासी गलत तरिकाले गरेको आरोप लगाएका थिए । ट्रम्पले सरकारी जाँच नियोगहरूले बाइडेनलाई सहयोग गरिरहेको आरोप लगाएका थिए ।

error: Content is protected !!