समयमा छायांकन नभएपछि अनमोलले छोडे ‘एक्स नाइन’


2023 Jan 21

फिल्म ‘एक्स नाईन: लेभल वान’ बाहिरिएका छन। उनले निर्मातालाई साईनिङ्ग अमाउन्ट फिर्ता गर्दै फिल्मबाट हात झिकेका हुन्। निर्धारित समयमा फिल्मको छायांकन सुरु नभएपछि अनमोलले उक्त कदम चालेको जानकारी बाहिरिएको छ। २०२१ को अक्टोबर देखिनै फ्लोरमा जानुपर्ने सम्झौता भएपनि छायांकनको अहिले सम्मपनि केहि टुङ्गो लागेको छैन। एक अनलाईनसंग कुरा गर्दै अनमोल भन्छन, एक बर्ष अघिनै सम्झौता सकिएपनि उहाँहरुलाई धेरै पर्खिएको हो तर छायांकन हुने सम्भावना नदेखिएकाले फिल्म छोडेको हुँ।’ आर्थिक अभावका कारणपनि उहाँहरुको फिल्म फ्लोरमा जान ढिलाई भएको रहेछ अनमोल थप्छन।

मुकुन्द भट्टले निर्देशन गर्ने भनिएको फिल्म ‘एक्स नाइन’ कै लागि भनेर अनमोलले धेरै मेहनत पनि गरेका थिए। हाल ‘छड्के २.०’को डबिङ्ग गरिरहेका अनमोल चाडैनै अर्को प्रेजेक्ट ‘जेरी २’ मा ब्यस्त हुनेछन। उनले अभिनय गर्ने भनिएका फिल्महरु ‘पारस’ र ‘माइतीघर २’ पनि पाईप लाइनमा छन।

error: Content is protected !!