रामबाबु गुरुङको नयाँ फिल्म ‘डिग्री माइला’मा दयाहाङ


2023 Jan 21

ब्लकबस्टर हिट सिरिज ‘कबड्डी’का निर्देशक रामबाबु गुरुङले नयाँ फिल्मको घोषणा गरेका छन। उनले ‘डिग्री माइला’ नामक फिल्म निर्देशन गर्न लागेका हुन्। जुन दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री माइला’बाट नाम सापटी लिईएको हो। फिल्ममा दयाहाङ राईकै मुख्य अभिनय रहनेछ। रामबाबुकै लेखनमा बन्ने फिल्मको हाल स्क्रिप्टको काम भईरहेको छ। आगामी दशैँमा रिलिज योजना बनाएको निर्माण टिमले मुख्य अभिनेत्री भने हाल सम्म फिक्स गरिसकेको छैन। वैशाखदेखि छायांकन सुरु हुने फिल्म ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्म्सकै ब्यानरमा बन्न लागेको हो। कमेडी जनरामा बन्ने फिल्मको हाल लोकेसन फाइनल भईरहेको छ।

दयाहाङसंगै फिल्ममा पुष्कर गुरुङ, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरेका कलाकारहरु पनि फाईनल भएका छन।
रामबाबु गुरुङ अहिले आफ्नो फिल्म ‘फुलबारी’को प्रदर्शनको तयारीमा छन् , जुन आगामी फागुन ५ गतेबाट देशभर रिलिज हुदैछ।

error: Content is protected !!