चीनका लागि न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डाको राजीनामाले दिने भूराजनीतिक असर


2023 Jan 20

न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा अरडेनले फेब्रुअरीमा राजीनामा दिने गरेको घोषणाले अन्तर्राष्ट्रिय क्षेत्रमा यसले पार्ने भूराजनीतिक असरको बारेमा चर्चा हुन थालेको छ ।

६ वर्षे पदावधि पूरा गर्न लागेकी प्रधानमन्त्री जासिन्डाले अब अगाडि नबढ्ने निर्णय गर्दै राजीनामा दिने घोषणा गरेकी हुन् ।

उनलाई कतिपयले न्युजिल्यान्डको इतिहासको सर्वाधिक महानतम् प्रधानमन्त्री मध्ये एक मान्ने गरेका छन् ।

उनको बहिर्गमनले भूराजनीतिक क्षेत्रमा ठुलो असर हुन सक्ने कतिपय विज्ञहरूको बुझाइ रहेको छ । चीनले न्युजिल्यान्डको यो गतिविधिलाई गम्भीरतापूर्वक नियालिरहेको हुनेछ । साथै उसलाई हतोत्साहित पनि बनाइरहेको हुनेछ । जासिन्डाको ठाउँमा आउने पार्टीका नेता तथा प्रधानमन्त्रीले अपनाउने नीतिले चीनलाई गम्भीर बनाएको हुन सक्छ ।

जासिन्डाले चीनसँगको मैत्रीपूर्ण विदेश नीतिलाई दिएको प्राथमिकतालाई उनका उत्तराधिकारीले निरन्तरता दिने हो वा होइन भन्ने कुरो अहिले महत्वपूर्ण रहेको छ ।
अन्तर्राष्ट्रियरूपमा पाँच देशका गुप्तचर संस्थाहरूको संगठन द फाइभ आइज हो । अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिका यो पाँच आँखामा रहेका छन् ।

न्युजिल्यान्ड यो समूहमा रहेपनि चीनसँगको सम्बन्धलाई प्राथमिकता दिएर चीन मैत्री विदेश नीति अँगालेकी थिइन् ।

अमेरिकी नेतृत्वको जासुसी संस्थाहरूको यो समूह विश्व युद्ध दोस्रो तिर स्थापना भएको थियो । न्युजिल्यान्डले फरक खालको व्यवहार चीनसँग गर्दै आएकोे थियो । बेलायत, क्यानाडा र अस्ट्रेलियाले अमेरिकाको चीनलाई एक्ल्याउने एजेन्डाले भने जस्तो आक्रामक व्यवहार गर्दै आएका छन् ।

प्रधानमन्त्र अरडेनले चीनसँगको सन्दर्भमा फरक व्यवहार गर्दै आएकी थिइन् ।

यसका कतिपय कारणहरू छन् । पहिलो कुरो जनसंख्याको आधारमा पाँच देशहरू मध्ये यो धेरै सानो जनसंख्या भएको देश हो । यसको भूभाग बेलायत भन्दा ठुलो भएपनि जनसंख्या भनेको मात्र ५० लाख छ । यो लन्डनको कुल जनसंख्या भन्दा पनि कम छ । त्यसैले यसले भूराजनीतिक भिडन्तमा यसलाई बढी भयावह बनाउँछ ।

दोस्रो पाँच देशहरू मध्ये न्युजिल्यान्ड कम आक्रामक छ । यो यहाँको पोलिनेसियन आदिबासी र माओरी मानिसहरूको मिश्रित जनसमुदायको बसोबास छ । अग्रेजीकृत मानिसहरूको बसोबास कम छ ।

तेस्रो यो देश कृषि निर्यातमा आधारित अर्थतन्त्र भएको देश हो । यसका लागि चीन सबै भन्दा ठुलो बजार हो । अरडेनले चीनसँगको दुई पक्षीय व्यापार सम्झौताको स्तरोन्नति गरेकी थिइन् ।

अरडेन अत्यधिक प्रगतिशील तथा वामपन्थी झुकाव राख्ने प्रधानमन्त्री थिइन् ।

अरडेनको बहिर्गमन पछि न्युजिल्यान्डको विदेश नीतिमा परिवर्तन हुन सक्ने सबाल खडा भएको छ ।

तर तत्कालै अमेरिकाले खोजेको जस्तो हेरफेर भइहाल्ने कुरोमा विश्वासको साथ केही भन्न सकिने अवस्था छैन् ।

इन्डो प्यासिफिक क्षेत्रमा न्युजिल्यान्ड अमेरिकासँग निकट भएकाले भूराजनीतिक अवस्थामा परिवर्तन हुने आशंका पनि बढेको छ ।

स्कट मोरिसन जस्ता दक्षिणपन्थी नेता प्रधानमन्त्री भए चीनसँगको सम्बन्धलाई पूरा फर्काउन सक्ने देखिन्छ । अस्ट्रेलियामा लेबर पार्टीको सरकार भएकोले अस्ट्रेलियाको विदेशनीति चीनसँग सुधार गरिरहेको छ । यस परिवेशमा चीनले यो बीचमा अरडेनसँग भेटवार्ता मिलाउन सक्ने अपेक्षा गरिएको छ ।

error: Content is protected !!