न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डाद्वारा अर्को महिना पद त्याग गर्ने घोषणा


2023 Jan 20

न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डाद्वारा अर्को महिना पद त्याग गर्ने घोषणा गरेकी छिन् ।

आफूसँग नेतृत्व गर्ने क्षमता पर्याप्त नभएको बताउँदै उनले यस्तो घोषणा गरिन् ।

उनले लेबर पार्टीको नेताबाट राजीनामा दिए पछि अर्को नेता फेब्रुअरी ७सम्म छानि सक्नु पर्ने हुन्छ ।

उनको स्थानमा आउने व्यक्तिको छनौटका लागि आउँदा दिनमा चुनाव हुने भएको छ ।

न्युजिल्यान्डमा आम निर्वाचन १४ अक्टोबरको हुनेछ ।

४२ वर्षीया अरडेनले यो गर्मी विदामा आफूे भविष्यको बारेमा सोचेको बताइन् ।

उनले भनिन् “मैले बाटो पता लगाउने आश गरेकी थिएँ तर सकिन् । मैले यस्तोमा न्युजिल्यान्डका लागि हानि नै गरिरहने छु ।”

सन् २०१७मा ३७ वर्षको उमेरमा पहिलो सबै भन्दा कम उमेरको महिला प्रधानमन्त्रीको रूपमा सरकारको नेतृत् वगर्न पुगेकी थिइन् ।

एक वर्ष पछि पदमा रहेको बेला शिशु पाउने दोस्रो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

उनले कोभिड महारीको बेला न्युजिल्यान्डको नेतृत्व गरिन । सन् २०२०मा उनले लेबर पार्टीले ऐतिहासिक जित दिलाउन समेत सफल भइन् । तर उनको देशमा लोकप्रियता घटदै गएको देखिएको छ ।

उनले पदबाट राजीनामा दिइसकेकी छैनन् । उनले लेबर पार्टीले नेतृत्व निर्वाचित गर्ने विश्वास व्यक्त गरेकी छिन् । उनको उपनेता ग्रान्ट रोबर्टसनले आफू आइतबार हुने चुनावमा भाग नलिने बताएका छन् । पार्टीबाट उम्मेदबारलाई दुई तिहाई मतको समर्थन प्राप्त गर्नुपर्ने हुन्छ ।

अस्ट्रेलियाली प्रधानमन्त्री एन्थनी अल्बानिजले अर्डेनप्रति सम्मान व्यक्त गरी उनी प्रतिभावान, शक्तिशाली र सहानुभूति राख्ने व्यक्ति भएको बताएका छन् ।

error: Content is protected !!