पलले सफाई पाएपछि नायिका पूजाको खुसी


2023 Jan 18

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले नाबालिका बलात्कारको आरोपमा मङ्गलबार अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ। बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै अदालतले शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिएका थिए । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो । पलको सफाई पछि सामाजिक संजालमा तरङ्ग पैदा भएको छ। कतिले पलले सफाई पाएकोमा खुसी ब्यक्त गरेका छन् भने कतिले कानुनलाई नै दोष लगाएका छन् ।

अभिनेत्री पूजा शर्मा र पल शाहको मित्रता सबैलाई थाहानै छ। पलले सफाई पाएपछि पूजाले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत खुसी मात्र साटीनन हरेकको स्ट्याटस भित्र छिरेर प्रतिक्रिया सम्म दिन भ्याएकि छन। उनको खुसी यस्तो छ ‘ जहिले तिम्रो साथमा थिए र अहिले खुसीको सिमा रहेन। ‘ त्यस्तै पलसंग धेरै म्युजिक भिडियो मा काम गरिसकेकी मोडल उषा उप्रेतीले पनि पलसँगको तस्बिर पोस्ट गर्दै सुखद समाचार, छिट्टै भेट हुनेछ भनेकी छन् ।

error: Content is protected !!