चलचित्र ‘मनसँग मन’को टिजरमा पुष्प र बर्षाको रोमान्स


2023 Jan 18

पुष्प खड्का र बर्षा सिवाकोटी अभिनित फिल्म ‘मनसँग मन’को टिजर सार्वजनिक भएको छ। माघ २७ लाई रिलिज मिति तोकेको फिल्मको टिजर सार्वजनिक गर्दै निर्माण टिमले प्रचार सुरु गरेको हो। लभ स्टोरी फिल्ममा पल शाह र पूजा शर्मालाई केमियो आर्टिष्टको रुपमा देख्न सकिन्छ। सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार पुष्प र बर्षालाई केन्द्रमा देखाईएको छ। फिल्मको यस अघि ‘सहि दिउँला’ बोलको गीत सार्वजनिक भईसकेको छ।

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अरुण तामाङको लगानी रहेको छ। अर्जुन पोखरेल, अगोम गुरुङ र दीपक शर्माको संगीत रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन्।  तिन बर्ष अघि नै प्रदर्शनको तयारीमा रहेको फिल्म कोरोना महामारीका कारण थन्किएको थियो। कैलाश राईले निर्देशन गरेको फिल्ममा पुष्प र बर्षा सहित वुद्दि तामाङ, रविन्द्र झा, महेन्द्र बगदास, चाँदनी प्रधान आदि कलाकारहरुको अभिनय रहेको छ।

error: Content is protected !!