अमेरिकाले सिरियामा लुटपाट मच्चाएर तेल चोरेको चीनको आरोप


2023 Jan 18

चीनले सिरियामा लुट मच्चाउँदै अमेरिकाले तेल लुटेर त्यहाँ मानवीय विपत् ल्याएको आरोप लगाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मंगलबार आयोजित प्रेस सम्मेलनमा अमेरिकाले सिरियाको ठुलो परिमाणको तेल लुटेर यो महिनाको सुरुमा इराक पु¥याएको सिरियाली मिडियाले जनाएको उल्लेख गरेका हुन् ।

उनले भने “ सिरियामा अमेरिकाले मच्चाएको यो लुटबाट हामी चकित भएका छौँ । यसले मानवीय विपत् सिरियामा बढाइरहेको छ ।सिरियामा दैनिक तेल उत्पादनको ८० प्रतिशत तेलको तस्करी अमेरिकी सेनाले गरेको छ ।”

१४ जनवरीमा सिरियाको सरकारी न्युज एजेन्सी सिरियन अबर न्युज एजेन्सी सानाले तेल भरिएका ५३ ट्यांक सिरियाली तेल चोरिएको जनाएको छ ।

सो न्युज एजेन्सीका अनुसार अमेरिकी सैनिक शिविर इराकमा सो तेल पु¥याइएको छ । यो तेल अमेरिकी समर्थनमा रहेको कुर्दिस लडाकुहरूले सिरियाली तेल इराक पु¥याएका छन् ।यसका अतिरिक्त सानाले यो महिनाको सुरुमा ६० ट्रक तेल तथा गहुँ इराक लुटि लगेको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङले यसबारे थप भने “अमेरिकाले सिरियाली जनताको बाँच्न पाउने अधिकारलाई क्रुरतापूर्वका लुटिरहेको छ । तेल र भोजन लुटिएसँगै सिरियाली जनतालाई चिसोमा कठ्याङ्ग्रिनुपर्ने अवस्था अमेरिकाले निम्त्याइदिएको छ । अमेरिकाले चोरिएको तेलको बारेमा जबाफ दिनै पर्छ ।”

अमेरिकाले पहिलो पटक सिरियामा सन् २०१४मा सेना पठाएको थियो । प्रचुरमात्रामा तेल रहेको सिरियाको उत्तर पूर्वी क्षेत्रमा कुर्दिस लडाकुहरू रहेका छन् । तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले त्यहाँको आतंकवादी संगठन इश्लामिक स्टेटसँग लड्न भने अमेरिकी सेना पठाएका थिए । अमेरिकाले सिरियामा लामो समयदेखि सैनिक हस्तक्षे गरिररहेको छ । दमस्कसमा सत्ता परिवर्तन गराउने उद्देश्यले सन् २०१३मा अमेरिकाले सेना पठाएको थियो ।

त्यसपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रपका बेला सन् २०१९मा केही द्वन्द्व सुस्त भयो ।सन् २०२०मा अमेरिकी ऊर्जा कम्पनी र कुर्दिस अधिकारीहरू बीच उत्तरपूर्व क्षेत्रको सिरियामा नियन्त्रण कायम गरी त्यहाँबाट कच्चा तेलको निर्यात गर्ने सम्झौता गरिएको थियो । सिरियाली सरकारले यो सम्झौता अवैध भएको भनी विरोध गरेको थियो ।
सिरियाली सरकारले अवैधरूपमा ९सय अमेरिकी सेना त्यहाँको स्रोतसाधनमाथि मच्चाइरहेको लुटको विरोध गरिरहेको छ ।

error: Content is protected !!