सबिन र रिमाको ‘सिड्नी’को अफिसियल निर्माण घोषणा


2023 Jan 17

अष्ट्रेलियामा गएर गर्नु पर्ने संघर्षको कथामा आधारित रहेर निर्माण हुने फिल्म ‘सिड्नी’ बन्ने भएको छ। राजधानीको एक होटलमा पत्रकार सम्मेलन गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो। देव कुमार श्रेष्ठले निर्देशन गर्ने फिल्ममा अभिनेता सबिन श्रेष्ठ र अभिनेत्री रिमा बिश्वकर्माको मुख्य अभिनय रहनेछ। पहिलो पटक एकसाथ सहकार्य गर्न लागेका सबिन र रिमा फिल्मलाई लिएर निकै नै उत्साहित देखिएका थिए।

चोला बहादुर आचार्य र भीमराज रसाइलीले निर्माण गर्ने फिल्ममा अम्बर रसाइली प्रस्तुतकर्ता रहनेछन। युगलध्वज कार्कीले लेखेको फिल्मलाई हरि बहादुर घलेले खिच्नेछन। वैशाख देखि फ्लोरमा जाने फिल्मको छायांकन २० प्रतिशत नेपालमा र ८० प्रतिशत अष्ट्रेलियामा हुने जानकारी निर्माण टिमको छ।

ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको ब्यानरमा बन्ने फिल्ममा हाल सम्म रिमा र सबिन मात्र फाईनल भएपनि छायांकन अघि सम्पूर्ण कलाकारहरुको टुंगो लाग्ने जानकारी निर्माण टिमको छ।

error: Content is protected !!