६० वर्षमा पहिलो पटक चीनमा जनसंख्यामा कमी आएको देखिएको छ । सन् २०२२मा चीनको राष्ट्रिय जन्मदरमा रेकर्ड गिरावट दर्ज गरिएको छ ।
सन् २०२२मा चीनमा ९५ लाख शिशुको जन्म भएको हो । सन् २०२१मा १ करोड ६२ लाख शिशु जन्मेका थिए ।
राष्ट्रिय तथ्यांक विभागका अनुसार चीनमा सन्२०२१मा जन्म दर ७.५२ प्रतिशत थियो । सन् २०२२मा ६.६७ प्रतिशतमा घटेको थियो ।
यसको अर्थ चीनमा सन् २०२१मा कुल हजारमा ७.५२ शिशुको जन्म भएको थियो भने सन् २०२२मा ६.६७ प्रतिशतमा घटेको हो ।
यो सन् १९४९यता सबै भन्दा कम मानिएको छ ।
चीनले एक रिपोर्टमा सन्२०३०सम्म जनसंख्यामा कमी आउने शंका व्यक्त गरिएको थियो ।
सन् २०२२मा ८ लाख ५० हजार कम भए ।सन् २०२१मा चीनको जनसंख्या १ अर्ब ४१ करोड २६ लाख थियो ।
सन् २०२२मा घटेर १ अर्ब ४१ करोड १८ लाख रहेको छ । चीनका ३१ राज्यहरूको जनसंख्या गन्ती गरिन्छ ।
यसमा हङकङ, मकाउ र ताइवानको जनसंख्या सामेल गरिएको छ्रैन् ।
सन् २०१६देखि चीनमा जनसंख्या दर कम भइरहेको छ ।त्यसबेला देखि जनसंख्या बढाउने विषयमा काम भइरहेको छ ।
यसका लागि खर्च उपलब्ध गराउन थालिएको छ ।
सन् २०२१मा चीनले एक शिशु नीतिलाई हटाइ दिएको घोषणा गरेको थियो । चीनमा ३ शिशु जन्माउन सक्ने घोषणा गरिएको भएपनि यसको असर अपेक्षित जन्मदरमा परेको देखिएको छैन् ।