अमेरिकी गुप्तचर संस्था सीएआई प्रमुख बिल बन्र्सले सन् २०२२को जनवरीमा युक्रेनको गुप्त भ्रमण गरी त्यहाँका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई मार्ने योजना रुसले बनाइरहेको बताएको खुलेको छ ।
बन्र्स र जेलेन्स्कीबीच यो गुप्त भेट भएको विषय अमेरिकी राष्ट्रपति जो बाइडेनको राष्ट्रपतित्व शीर्षकमा सार्वजनिक हुन लागेको क्रिस ह्विपलले लेखेको पुस्तकमा प्रकाश पारिएको छ ।
यो समाचार बिजनेस इनसाइडरले बनाएको हो ।
यो भ्रमण त्यतिखेर भएको थियो जतिखेर युक्रेनी राष्ट्रपतिले रुसले युक्रेनमाथि आक्रमण गर्ने भनी गरेको दाबीलाई खारेज गरेको देखिएको बेला भएको थियो ।
ह्विपलले लेखेका छन् “सीआईए प्रमुख बन्र्सले युक्रेनी राष्ट्रपतिलाई एक वास्तविक चेतावनी दिन आएका थिए । उनले ‘ द फाइट अफ हिज लाइफः इनसाइड जो बाइडेन्स ह्वाइट हाउस’ नामको पुस्तकमा यस्तो उल्लेख गरेका छन् ।बाइडेनले अमेरिकी गुप्तचर प्रमुख बन्र्सलाई रुसको ठोस योजना साझा गर्न निर्देशन दिएका थिए ।
जेलेन्स्कीले अमेरिकी गुप्तचरहरूको भनाइमा विश्वास गर्न चाहेका थिएनन् ।रुसले जेलेन्स्कीलाई मार्न खोजेको कुरो झुठो देखिएको थियो ।
अमेरिकी गुप्तचरहरूले जेलेन्स्कीको हत्या गर्ने दुई रुसी प्रयास विफल पारेको समेत बताएको ह्विपलले दाबी गरेका छन् । रुसी राष्ट्रपति कार्यालयका प्रेस सचिव द्मीत्री पेस्कोभले अफ्रिल महिनामा मिडियामा आएको रुसले जेलेन्स्कीको मृत्यु खोजेको भनी आएको समाचारलाई खारिज गरेका थिए ।
रुसका लागि अमेरिकी राजदूतको रूपमा रुसमा २००५देखि २००८सम्म सेवा गरेका गुप्त भेटमा बन्र्सले जेलेन्स्कीलाई सैनिक कारबाहीको विवरण उपलब्ध गराएका थिए ।
सीआईएको सो गुप्त भ्रमणबारे लेखकले उपयोग गरेको स्रोतको नाम खुलाएका छैनन् ।
बाइडेन प्रशासनले यसको यश लिने खोजेका थिए । तर अमेरिकी प्रशासन र अमेरिकी गुप्तचर दुवैको अनुमान गलत साबित भयो । उनीहरूले रुसले युक्रेनलाई केही दिनमै पराजित गर्ने बताएका थिए ।