थारु सोसाईटी सिडनी अस्ट्रेलियाको आयोजनामा सिड्नीमा तेस्रो माघी पर्व सम्पन्न


2023 Jan 17

थारु सोसाईटी सिडनी अस्ट्रेलियाको आयोजनामा तेस्रो माघी पर्व सिड्नीमा सम्पन्न भएको छ। थारु समुदायको महत्वपूर्ण चाडका रूपमा रहेको माघी पर्वमा थारु समुदायका साथै सिड्नीमा बसोबास गर्दै आएका अन्य नेपाली समुदायको पनि बाक्लो उपस्थिती रहेको थियो।
सिड्नीको विटलम पार्कमा आयोजना गरिएको माघी कार्यक्रममा थारु समुदायका कलाकारहरूले आफ्नो कला संस्कृति झल्कने भेषभूषासहित विविध कार्यक्रमको आयोजना गरेका थिए।


समाजका अध्यक्ष दिप नारायण चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। संस्थाका संचार संयोजक अरुण आर्यन चौधरीले बताए। कार्यक्रममा पूर्वदेखि पश्चिमसम्म फैलिएका थारु जातिका पहिरन र पहिचान झल्काउने विविध पहिरन र सामग्रीको समेत प्रदर्शन गरिएको थियो।

कार्यक्रमको शुरूवात संस्थाकी महिला संयोजक मिश्रा चौधरीले स्वागत मन्तव्य बाट भएको थियो िएनआरएनका प्रवक्ता नन्द गुरुङ,एनआरएन स्टेट कोअर्डिनेटर देब गरूङ, प्रमुख अतिथी मनुलाल चौधरी तथा नेपाली आदिवासी जनजाति फोरम ९निन्फा० अस्ट्रेलियाका अध्यक्षमा सुदर्शन थापा मगर लगायतले माघीको सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा किराँत उत्थान चाम्लिङ अस्ट्रेलियाबाट शशि सुब्बा, किराँत खाम्बु राई सोसाईटी एनएसडब्ल्यूबाट योगेन्द्र राई, गुठी अस्ट्रेलियाका उमेश स्थापित, मगर समाज अस्ट्रेलियाका राजेन्द्र थापा मगर, तमु समाज सिड्नीका उपाध्यक्ष तथा पोखरा समाज अस्ट्रेलियाका उपाध्यक्ष हिउपति गुरुङ, तामाङ सोसाईटी अफ सिड्नीका महासचिव अविरल तामाङ, थकाली सेवा समितिका दुर्गा गौचन, शेर्पा किङ्दुङ अस्ट्रेलियाका कर्म शेर्पा, छन्त्याल परिवारका बुद्धि छन्त्याल, कार्यक्रममा प्रायोजकहरु, सिड्नीमा रहेका चर्चित युवा गायक समिर आचार्य, समाजसेवीहरु ईश्वर अविरल, ईथान शाक्य, कला तथा साहित्य प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेत लक्ष्मण गरुङ, पदम शाक्य, ईथान शाक्य, चित्र तुमवहान्फे, संध्या शाह, कुमारी गुरूङ, सुजाता बस्नेत केसी, अरूण ठाकुर, विक्रम दाहाल, प्रताप राणा, अजय राजबंशी, दिपेश पुन,विश्वास श्रेष्ठ, महेश प्रसाई, शिब सर्मा, धर्मराज शर्मा, सन्तोष शर्मा सहित विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

थारु समुदायको संस्कृति झल्काउने क्याटवक प्रस्तुतले कार्यक्रम लाई रौनकता दिनुका साथै मौलिकता झल्काएको थियो । क्याटवकमा नवलपरासी, चितवन, दाङ, सप्तरी, मोरङ र कपिलवस्तु लगायतका ठाउँका पहिरनमा सजिएका युवा युवती क्याटवक गर्दा दर्शकहरुको ध्यान तानेको थियो । त्यस्तै युवा पुस्ताबीच रुचाईएका डिजे नटकेशको संगीतले कार्यक्रमको माहोल ततायो ।

error: Content is protected !!