इटलीका मोस्ट वान्डटेड माफिया बोस सिसलीमा पक्राउ


2023 Jan 17

इटलीमा सर्वाधिक खोजिएका आराधिक समूहका प्रमुख माटेओ मेसिना डेनारोलाई सिसलीमा पक्राउ गरिएको छ ।

मोस्ट वान्टेड माफिया बोसलाई पक्राउ गर्न पछ्याउँदा पछाउँदै तीस वर्ष पछि पक्राउ गर्न सफलता मिलेको हो ।

सिसलीको राजधानी पालेरमोको एक निजी स्वाथ्य क्लिनिकमा डेनारोलाई पक्राउ गरियो ।

कुख्यात माफिया समूह कोसा नोस्त्रा माफियाका प्रमुख भएको आरोप लगाइएको छ ।

इटलीका सञ्चार माध्यमहरूले जनाए अनुसार स्थानीय समय अनुसार १० बजे उपचार गराइरहेका बेला उनलाई पक्राउ गरिएको हो ।

उनलाई गिरफ्तार गर्न सय बढी सशस्त्र बलको समूल परिचालित गरिएको थियो ।

सार्वजनिक भएको एक भिडियोमा इटालियन प्रहरीले माफिया प्रमुख डेनारोको प्रक्राउ गरेको कार्यको कतिपय मानिसहरूले प्रशंसा गरेको देखिन्छ ।

धेरै हत्याको अभियोगमा उनका विरुद्ध चलाइएको मुद्दामा सन् २००२मा उनको अनुपस्थितिमा आजीवन काराबासको सजाय सुनाइएको थियो ।

यसमा सन् १९९२मा माफिया विरोधी अभियोजकताहरू गिओभान्नी फाल्कोने र पाओलो बोर्सेलिनोको हत्या, सन् १९९३मा प्राणघाती मिलान, फ्लोरेन्स र रोममा गरिएका बम आक्रमणहरू, सरकारी साक्षी बनेका एक माफियाका ११ वर्षीय छोराको अपहरण जस्ता अभियोग गरेका छन् ।

सन् १९९३देखि माफिया प्रमुख डेनारो फरार रहेका थिए । आफ्ना सहयोगीहरूको सहयोगमा विभिन्न गुप्तस्थानहरूमा लुकिबस्दै आएका थिए ।

इटलीका प्रधानमन्त्रीले यो गिरफ्तारीलाई देशको ठुलो विजय भएको भनी प्रहरीको प्रशंसा गरेका छन् ।

error: Content is protected !!