चार्ल्स तृतीयको राज्याभिषेकमा प्रधानमन्त्री ऋषिलाई विवादमा तान्ने प्रयास गरिने


2023 Jan 16

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा राजकुमार ह्यारीलाई निम्तो गरिने वा नगरिने विवादमा प्रधानमन्त्री ऋषि सुनकलाई तान्ने प्रयास हुन सक्ने देखिएको छ ।

राज्याभिषेकमा प्रिन्स ह्यारीलाई बोलाउने नबोलाउने निर्णय राजाको हातबाट बाहिर जानुपर्ने भएको तर्क राजपरिवारका भितरिया वरिष्ठ सदस्यहरूले यस्तो तर्क गरेपछि प्रधानमन्त्री ऋषि विवादमा तानिन सक्ने देखिएको हो ।

राजा चार्ल्सले प्रिन्स ह्यारीलाई उनकी पत्नी मेघनसँग राज्याभिषेकमा आउन पाउने विषयमा चर्चिलको पुरानो उदाहरण अपनाउने उपाय अपनाउनु पर्ने देखिएको सम्बद्ध स्रोतलाई उल्लेख गरी द डेली मेलले जनाएको छ ।

ह्यारीले उनलाई निम्तो गरिएको बेला राज्याभिषेकमा आउने वा नआउने विषयमा सीधा सोधिएको बेला पनि जवाफ दिन इन्कार गरेका छन् ।

सन् १९५३मा प्रधानमन्त्री चर्चिल थिए । डयुक अफ विन्डसोरको उपाधि पाएका एडवार्ड अष्टम्ले १६ वर्ष बढी समयसम्म पद त्यागेका थिए । चर्चिलले रानी एलिजाबेथ द्वितीयाको राज्याभिषेकमा स्वागत नगरिने घोषणा गरेका थिए ।

अहिले प्रिन्स ह्यारीले राजपरिवारको पद त्याग गरेका छन् । उनका पिता चार्ल्सको राज्याभिषेक हुने भएको छ । त्यसमा उनलाई बोलाइन वा नबोलाइने त्यसको निर्णय गर्नेबारे यस्तो समाचार सार्वजनिक भएको हो ।

बेलायतको सरकारले राज्याभिषेक समिति निर्माया गरिने भएको छ । चर्च अफ इंग्ल्यान्डका प्रतिनिधिहरूले राज्याभिषेकको आयोजना मे ६ तारिखमा गर्ने योजना बनाइरहेको छ ।्

ह्यारीले गत साता अमेरिकी पत्रकार एन्डर्सन कूपरलाई दिएको एक अन्तर्वार्तामा राजा चार्ल्सकी दोस्रो पत्नी क्यामिलालाई खतरनाक भनेका थिए ।

उनले भने “क्यामिला खलनायिका छिन् उनले आफ्नोे छवि फेरि स्थापित गर्नुपर्ने आवश्यकता छ ।”

सोही अन्तर्वार्तामा ह्यारीले दाजु विलियमले आफूमाथि हातपात गरेको र उनकी पत्नी मेघानको बारेमा नकारात्मक कथा मिडियामा दरबारले स्थापित गर्न लगाएको आरोप लगाएका थिए ।

बेलायती राजदरबारले यसबारे मौनता अपनाएको छ ।

error: Content is protected !!