ल्याटिन अमेरिका तथा क्यारिबियनसमेत रुस र चीनसँगको नयाँ अन्तर्राष्ट्रिय समूहको प्रयास सुरु


2023 Jan 16

भनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले ल्याटिन अमेरिका तथा क्यारिबियन देशहरूको नयाँ अन्तर्राष्ट्रिय समूह रुस र चीन स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

भेनेजुएलाको संसदमा आफ्नो वार्षिक सम्बोधनमा राष्ट्रपति मदुरोले ब्राजिल, कोलम्बिया र अर्जेन्टिनाका राष्ट्रपतिहरूसँग नयाँ क्षेत्रीय संगठनको निर्माण बारे कुराकानी गरेको बताए ।

विश्वका लागि बोल्न सक्ने गरी राजनीतिक तथा आर्थिक शक्तिको रूपमा एक नयाँ शक्तिशाली समूहको निर्माण गर्न ल्याटिन अमेरिका र क्यारिबियन देशहरूले एकताबद्ध भएर प्रयास गर्ने बेला भएको मदुरोले बताए ।

भेनेजुएली राष्ट्रपतिको भनाइ अनुसार यो शक्तिको नयाँ ध्रुुवहरू निर्माया गर्ने छ । जसमा रुस र चीन सहभागी हुनेछन् ।

यो गठबन्धनमा राष्ट्रपति सी चिनफिङले भनेजस्तो साझा गन्तव्य भएको समुदाय बनाउन वा बहुध्रुवीय र बहुकेन्द्रित विश्व बनाउने भ्लादिमिर पुटिनले भने जस्तो देशहरू सामेल हुने छन् ।

यस्तो साझा भविष्य भएको विश्व ल्याउन ल्याटिन अमेरिकी तथा क्यारिबियन देशहरूको समूह एकीकृत भएर अगाडि बढ्नु आवश्यक भएको मदुरोले बताए ।

राष्ट्रपति पुटिनले अमेरिकी वर्चस्वमा रहेको एकध्रुवीय विश्वको अवधारणाको पटक पटक विरोध गरेका छन् ।

ठिक यही बेला बेइजिङले पनि चीन र रुस मिलेर बहुध्रुवीय विश्वका लागि प्रवद्र्धन गरिरहेको र एकल वर्चस्वलाई मान्यता नदिइने बताएको छ ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा मदुरो फेरि अर्को कार्यकालका लागि जित्ने गरी सम्पन्न सन् २०१८मा भएको भेनेजुएलाको निर्वाचनलाई विरोध गरेका थिए ।

अमेरिकाले त्यो सरकारलाई अपदस्थ गर्न भरमग्दुर प्रयास गरेको थियो ।तेल बिक्री गर्न नपाउने गरी भेनेजुएलामाथि आर्थिक नाकाबन्दी लगाएको थियो ।

अमेरिकाले त्यहाँको एक प्रतिपक्षी नेता जुआन गुआइदोलाई सन् २०१९मा अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएर मदुरोलाई सत्ताच्युत गर्ने प्रयास गरेको थियो ।

अमेरिकाले मदुरोलाई त्यसयता पदच्युत गर्ने प्रयासमा सैनिक सत्ता पलट गराउने प्रयास गरेको थियो भने सडक आन्दोलनसम्म चर्काएको थियो ।

गत डिसेम्बरमा प्रतिपक्षी सांसदहरूले गुआइदो नेतृत्व्को अन्तरिम सरकरलाई खारिज गरेको थियो ।

अमेरिकाले मदुरो सरकारलाई मान्यता नदिएको भएपनि भेनेजुएलासँग कूटनीतिक सम्पर्क कायम गरेको र केही नाकाबन्दी हटाएर कैदी साटाफेर गर्ने सम्झौता गरेको छ ।

error: Content is protected !!