फ्राईडे रिलिज: ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’


2023 Jan 13

आज शुक्रबारबाट दुई फिल्म ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ रिलिज भएका छन। रमेश एम के पौडेलको डेब्यु निर्देशकीय फिल्म ‘तिम्रो मेरो साथ’मा पुष्प खड्क, साम्राज्ञी आर एल शाह र सन्दिप क्षेत्रिको मुख्य भूमिका द्वन्द निर्देशक अष्ट महर्जन को पनि डेब्यु निर्देशकीय फिल्म गुञ्जनमा सारा सिर्पाली, कबिर खड्का र प्रितमराज सेन्चुरीको मुख्य भूमिका रहेको छ। चितवन प्रिमियरमा राम्रै प्रतिक्रिया पाएको फिल्म तिम्रो मेरो साथलाई लिएर साम्राज्ञी, पुष्प र सन्दिप निकैनै आशावादी छन् भने गुञ्जनका मुख्य पात्रहरु कबिर र प्रितमराज पनि फिल्म पनि फिल्म चल्नेमा ढुक्क छन। हालाकी फिल्मकि मुख्य नायिका साराको भने फिल्म रिलिज भएको दिनसम्म पनि अत्तोपत्तो छैन। त्यसो त फिल्मका निर्माण टिमले साराले प्रमोसनमा टाईम नदिएको भन्दै हरेको अन्तर्वार्तामा भनिनै रहेका हुन्छन।

गुञ्जन भन्दा राम्रो शो पाएको फिल्म ‘तिम्रो मेरो साथ’ फिल्म प्रोडक्सन र बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको हो भने फिल्मलाई निर्देशक पौडेलका छोरा आर्यन पौडेलले निर्माण गरेका हुन्। सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको फिल्ममा पुष्प, साम्राज्ञी र सन्दिप क्षेत्रिका साथै सरोज खनाल ,सन्दिप क्षेत्री, खड्ग बहादुर पुन(खबपु), इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् । फिल्मलाई शिव ढकालले खिचेका हुन् भने योगेश काजीले संगीत भरेका हुन्। पासांग लामा निर्माताका रुपमा देखिएको फिल्ममा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली सह- निर्माता रहेका छन।

त्यस्तै प्रोमोसनमा पनि खासै ध्यान नदिएको फिल्म ‘गुञ्जन’मा हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेका छन। ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ। फिल्ममा सारा, प्रितमराज र कविरका अलवा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ । विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको डेब्यु निर्देशनमा बनेको फिल्मलाई लिएर निर्देशक महर्जन निकै नै सकारात्मक छन। प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् भने साराले ‘सुश्री सम्पति’ र ‘पिंजडा ब्याक अगेन’मा काम गरेर चर्चा बटुली सकेकी छन। कबिरले पनि फिल्म ‘लम्फु’मा काम गरिसकेका छन भने उनको ‘लन्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ।

त्यसै पनि फिल्म गुञ्जनले भन्दा तिम्रो मेरो साथले शोज धेरै पाएकोको छ। धेरै शोज पाएको तिम्रो मेरो साथले दर्शकको माया धेरै पाउँछ कि कम शोजमा चित्त बुझेर प्रदर्शन भएको फिल्म गुञ्जनले दर्शकको मन जित्ला त्यो भने १/२ दिनमा थाहा हुनेछ, त्यो भने हेर्न बाँकीनै छ।

error: Content is protected !!