जापानले ध्वस्त भएको फुकुशिमा परमाणु ऊर्जा केन्द्रबाट दशौँ लाख टन बढी रेडियोएक्टि पानी समुद्रमा यो वर्ष मिसाउने भनेको छ ।
अधिकांश रेडियो एक्टिभ कणहरूको उपचार गरी राष्ट्रिय स्तरमा ल्याएपछि मिसाउने सञ्चालकले जनाएको हो ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा नियोग आईएईएले जापानको प्रस्ताव सुरक्षित भएको बताएपनि छिमेकी देशहरूले चिन्ता जाहेर गरेका छन् । सन् २०११मा फुकुशिमा परमाणु केन्द्र चेर्नेबिल रसायन दुर्घटना पछिको सबै भन्दा खराब दुर्घटना भएको थियो ।
नष्ट गर्ने काम सुरु भइसकको छ तर यसले चार दशकको समय लाग्नेछ ।
जापान सरकारको मुख्य सचिव हिरोकाजु मात्सुनोले भने “ यो रेडियोएक्टिभ पानी यो वसन्त वा गर्मीमामा समुद्रमा मिसाउने काम हुने हामीले अपेक्षा गरेका छौँ ।”
साथै सरकारले यो मिसाउन अघि आईएईएबाट एक वृह्त रिपोर्टलाई पर्खिरहने उनले जनाए ।
हरेक दिन यो परमाणु ऊर्जा केन्द्रले मिश्रित पानी सय घन मिटर उत्पादन गर्छ । यो भूमिगत पानीको मिश्रण हो । समुद्रको पानी र पानीले रिएक्टर्स चिसो पानी उपयोग गरिन्छ ।
फुकुशिमाका माछामार्नेहरूले परमाणु पानी मिसाउने योजनाबाट चिन्ता जाहेर गरेका छन् ।
रेडियोएक्टिभ आइसोटप्स अधिकांश पानीबाट छानिएको छ । तर ट्राइटिअमको स्तर राष्ट्रिय स्तर भन्दा माथि रहेको सञ्चालक टेप्कोको भनाइ छ ।
विज्ञहरूका अनुसार ट्राइटिअम पानीबाट हटाउन धेरै कठिन काम हो । यसको ठुलो मात्रा मानिसका लागि हानिकारक हुन्छ ।
यो योजनालाई सन्२०२१मा जापानको सरकारले अनुमोदन गरेको भएपनि स्थानीय माछामार्नेहरू र जापानका छिमेकी देशहरूले यसबारे विरोध जनाएका छन् ।
द प्यासिफिक ल्यान्डस फोरमले जापानले योजना पारदर्शी नबनाएको भनी आलोचना गरेको छ ।
११ मार्च २०११मा उत्तर पूर्वी जापानमा ९ म्याग्निट्युडको भूकम्पले ठुलो सुनामी ल्याएको थियो ।
यो सुनामीले फुकुशिमा दाइची परमाणु ऊर्जा केन्द्रलाई प्रहार गरेको थियो । यसका तीन रिएक्टरहरूमा बाढी पसेर ठुलो विपत ल्याएको थियो ।
यसबाट त्यहाँ विकिरणहरू ठुलो परिमाणमा चुहिने भएकाले डेढ लाख बढी मानिसलाई अन्यत्र सार्न परेको थियो । यो क्षेत्रमा जान रोक लगाइएको थियो ।