रुसद्वारा चीनको कोभिड-१९ नीतिको स्वागत


2023 Jan 13

रुसले सीमापार आवतजावत र माल-सामान ढुवानी लगायतका विषयमा कोभिड-१९ नीतिहरूलाई अनुकूलन गर्ने चीनको निर्णयलाई सकारात्मकरूपमा लिएको छ ।
रुसी विदेश मन्त्रालयले चीनलाई गतिशील, विकासशील मित्रराष्ट्र भन्दै दुई देशका बहुपक्षीय एवं व्यावहारिक सम्बन्धलाई थप सुदृढ र विविधीकरण गर्न इच्छुक रहेको उल्लेख गरेको छ।

मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले आफ्नो साप्ताहिक ब्रीफिङमा चीनको आर्थिक विकासको सम्भाव्यताको समायोजनपछिको प्रश्नको जवाफ दिँदै भन्नु भएको छ -“हामी रुसी-चिनियाँ व्यापार र आर्थिक सहयोगको थप प्रगाढताका साथै हाम्रा देशका जनताबीचको समन्वयित विभिन्न विषयको आदानप्रदानको पुन: शुरुवात सुनिश्चित गर्न चाहान्छौँ ।”

error: Content is protected !!