दासहरूले बनाएको प्राचीन रोमको भवन पर्यटकका लागि खुला


2023 Jan 13

ईशा जन्मेको ७९ वर्ष पुगेको बेला ज्वालामुखी भिसुभियस विस्फोटन हुँदा त्यतिखेर प्राचीन रोममा मुक्त गरिएका दुई दासहरूले बनाएको एक भवन खरानीमा पुरिन पुग्यो ।

यो भवन प्राचीन शह पोम्पेइमा थियो । दासत्वबाट मुक्त भएका ती दुई दासहरूले बनाएको भवन वेश्यालयको रूपमा प्रयोग भयो । १९ वर्ष अघिको त्यो ज्वालामुखीको खरानीबाट उद्धार गरिएको त्यो भवनलाई जिर्णोद्धार गरी पर्यटकहरूका लागि खुला गरिएको छ ।

यो भवन खोजिएपछि यसको पुनर्बहालीका लागि २० वर्ष लामो प्रयास गरियो ।द हाउस अफ द भेटीका ढुंगेस्तम्भ, झर्ना तथा यौनजन्य कलाकृतिहरूलाई जिर्णोद्धार गरिएको छ । रोम संस्कृतिमा प्रजननका देवताको रूपमा चिनिएको पारिआपुसको लामो लिङ् भएको काल्पनिक चित्रपनि प्रवेशद्वारमा राखिएको छ । महिला पुरुष समागम गरेको चित्र पनि छ ।
दासत्वबाट मुक्त भएका मानिसहरू अउलस भेटिअस रेस्टिटुटस र अउलसभेटिअस कोनभिभाले तिनको सम्पत्ति मदिरा व्यापारबाट कमाएका थिए । उनीहरूले बनाएको त्यो भवन वेश्यालको रूपमा थियो ।

पर्यटकहरूले सन् ७९को ज्वालामुखीको चपेटमा आएको त्यो भवनको भ्रमण गर्न पाउने भएका छन् ।

प्राचीन रोममा बनेको त्यो भवन हेर्न पाउने भएका छन् ।

पोम्पेइका निर्देशक ग्याब्रियल जुचत्रेगेलका अनुसार द हाउसअफ द भेटी पोम्पेको इतिहास हो र यो भवन त्यतिखेरको रोमन समाजको प्रमाण हो ।

यो भवन सन् १८९४को अन्त्यतिर १८९६सम्म उत्खनन गरिएको थियो । ११ हजार वर्ग फिट भन्दा बढीको क्षेमा पोम्पेइको उत्तरपश्चिममा यो भवन छ।

लिभिङ रुमलाई द हल अफ पेन्थेअस भनिएको छ । भित्ते चित्रमा हर्कुल्स एक बालको जस्तो देखिन्छ । त्यो बालकले दुई सर्पलाई मारिरहेको दृश्य देखिन्छ। यो ग्रिकको नायक मानिन्छ ।

धार्मिक ग्रन्थका अनुसार जिअसकी देवी हेराले हर्कुलेसलाई मार्न सर्प पठाएकी थिइन् । हेरा रिसाउनुको कारण उनका पति जिअसले मरणशील महिला अल्कमेनासँगको संयोगबाट हर्कुलेस जन्माएका थिए ।

पुरातत्वविदहरूका अनुसार यो तस्विर भवनका मालिकले छनौट गर्नु भनेको उनीहरूको जीवनको कथा हर्कुलेसको कथाबाट दर्शाउन खोजका थिए ।

दुई हजार वर्ष अघि पोम्पेइ नेपल्सको दक्षिणपूर्वमा १४ माइलमा फैलिएको थियो । भिसुभियस ज्वालामुखी विस्फोटन हुन अघि यो शहरमा १५ हजार बासिन्दाको बस्ती थियो । अगस्ट२४ , ७९मा यो ज्वालामुखी विस्फोटन भएको थियो ।

पोम्पेइ वरिपरिका गरी १६ हजार मानिसको ज्यान गएको थियो । इतिहासको सबै भन्दा विनाशकारी ज्वालामुखी मध्ये एक भिसुभियसलाई मानिएको छ ।

error: Content is protected !!