विश्वव्यापी माग बलियो हुँदै गएको र चीन फेरि खुला भएकाले यो वर्ष तेलको मूल्य प्रति ब्यारेल सय अमेरिकी डलर पार हुने गोल्डम्यान स्यासले पूर्वानुमान गरेको कुरो उल्लेख गरी आयल प्राइसले जनाएको छ ।
अमेरिकाको लगानी बैंक गोल्डम्यान स्यासले गरेको पूर्वानुमान अनुसार ब्रेन्ट कच्चा तेलको कारोबार सन् २०२३को चौथो त्रैमासदेखि प्रति ब्यारेल १०५ अमेरिकी डलरमा हुने छ ।
यो वर्ष दैनिक तेलको माग २७ लाख अमेरिकी डलर बराबर हुने छ । यद्यपि सन् २०२३को दोस्रो अर्धवार्षिकमा बजार घाटा तर्फ मोडिन सक्ने अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् ।
चीनले अन्तर्राष्ट्रिय सीमा फेरि खुला गरेपछि र ४४ निजी तेल प्रशोधकहरूलाई ११ करोड १८ लाख २०हजार मेट्रिक टन कच्चा तेल आयात गर्न अनुमति दिएर ठुलो परिमाणमा तेल आयात गर्ने घोषणा गरेपछि यो पूर्वानुमान सार्वजनिक भएको ब्लुम्बर्गले जनाएको छ ।
तेलको मूल्य सोमबार ४ प्रतिशतले बढेको थियो । एसियाको सबै भन्दा ठुलो अर्थतन्त्र चीन फेरि खुला भएपछि यो प्रतिक्रिया तेल बजारमा देखियो ।
तेल उत्पादहरूको संस्था ओपेक प्लसले अक्टोबरमा तेल उत्पादन घटाएकोले दोस्रो अर्धवार्षिकमा वृद्धिलाई बलियो पारिरहने छ ।
तेल बजारमा मूल्य नरम रहेसम्म ओपेक प्लसले अक्टोबरको तेल कटौती नीतिलाई विस्तार गरिरहने देखिएको गोल्डम्यान स्यासले भनेको छ ।